बल्ल दुख लाग्यो रे उपराष्ट्रपतिलाई
देश जल्नै थाल्यो चारै तिर । बिना राजनितिक नेत्रित्व र निर्देशन दिनदिनै स्वतस्फुर्त नाराबाजी हुन थाले उपराष्ट्रपति बिरुद्द । लाखौं करोडौं नास भयो राज्यको । अनि बल्ल उपराराष्ट्रपति परमानन्द झालाई गल्ति गरेछु भन्ने परेछ । आज आफुले हिन्दी भाषामा सपथ खाँदा नेपाली जनताको भावनामा चोट परेकोमा भन्दै दुख लागेको स्विकारोक्ति गरेका छन । यस्ता त उपराष्ट्रपति हेर्नुस त !
यत्रा दिनसम्म चुप बसे । अझ फाइफुट्टि देखाए, कथित मधेशबिरोधी केहि तत्वले आफ्नो बिरोधगरेको र माफी माग्ने त के सोच्नपनि नसक्ने भन्दै । सकभर त धाकधम्कि लगाएर, पेलेरै जाने बिचार थियो उनको । केहि सिप नलागेपछि बल्ल आज उनले सोझै माफी नमागेपनि हिन्दी भाषा बोलेर आफुले आम नेपालीको भावनामा चोट पार्न नखोजेको स्विकार गरेका छन । हिन्दी भाषामा सपथ खाएर नेपालीहरुको भावनामा चोट पुर्याउनुभन्दा हिन्दी तराईको सम्पर्क भाषा भएकोले त्यसमा सपथ खाएको भन्दै आफ्नो बचाउ गरेका छन।
उनलाई भारतिय स्वार्थमा हिन्दी भाषामा सपथ खाएको आरोप लागेको थियो । कतिपयले यसलाई राष्ट्रियताको प्रसंगसँगपनि जोडेका थिए । तर उनले आज आफ्नो स्पष्ठिकरणमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतामा आफु प्रतिबद्द रहेको (?) स्पष्ठिकरण दिएका छन । आफ्नो राष्ट्र भाषालाई सम्मानगर्ने पनि बताए । काठमाडौंका केहि स्रोतका अनुसार यो स्विकारोक्तिपनि देशभर भारत बिरोधी प्रदर्शन भएकाले भारतियहरुको सुझावमा आएको हो । तर यो चाहिँ सहि हो कि आरोप मात्रै यसै भन्न सकिएन । कमसेकम ढिलै भएपनि उनले गल्ति स्विकार गरेको देखियो । गल्ति स्विकार गर्नु नै ठुलो कुरा हो । तर गल्ति स्विकार गरेपछि पनि उनले माफी माग्नुभन्दा अलि घुमाउरो जवाफ दिएका छन । सिधै गल्ति गरे माफ पाउँ चाही भनेका छैनन । कम्तिमापनि उनले यो घटनाबाट अलि अलि पाठ सिके कि उनले ! मेरो बिचारमा त उनले स्पष्ठरुपमा माफीनै माग्नुपर्ने थियो। (फोटो-हाम्रो ब्लग) ।
तपाइँहरुलाई कस्तो लाग्छ ? उनले सिधा माफी नै माग्नुपर्थ्यो कि यतिले पुग्यो ?




