हिन्दी भाषामा किन सपथ खाएको जवाफ देउ-सर्बोच्च अदालत

supreme-court-of-nepal-nepalplus.jpgउपराष्ट्रपति परमानन्द झासँग आज सर्बोच्च अदालतले जवाफ मागेको छ्- हिन्दी भाषामा किन खानुपर्‍यो सपथ त्यसको जवाफ देउ भन्दै । जवाफ सात दिन भित्रमा दिनुपर्ने आदेश दिएको छ। अहिले भरखरै भएको बहसपछि त्यस्तो आदेश दिने निर्णय गरिएको हो । सर्बोच्च अदालतले झालाई लिखित जवाफ दिन भनेको छ । आज भएको बहसपछि न्यायधिश दामोदरप्रसाद शर्माको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

नेपालको अन्तरिम संबिधानमा नेपाली भाषामा मात्रै सपथ खानुपर्ने व्यवस्था छ । उपराष्ट्रपति जस्तो ब्यक्तिले त्यहि संबैधानिक प्रावधानलाइनै लत्याएर हिन्दि भाषामा सपथ खाएपछि त्यसको सर्बत्र बिरोध भइरहेको छ । र अधिवक्ता बालक्रिष्ण न्यौपानेले उनले हिन्दि भाषामा खाएको सपथ असंबैधानिक भएकाले त्यसलाई खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।  उनको सपथ बिरुद्द सर्बोच्चमा मुद्दा परेकाले देशको अवस्थालाई बिचार गर्दै देशभरि गरिएको प्रदर्शनपनि हालका लागि बन्द गर्ने निर्णय बिद्दार्थी संगठनहरुले गरेका छन । यो चाहि बुद्दिमानी निर्णय गरेनै बिद्दार्थीहरुले ।

जे होस, अब झाले कस्तो जवाफ दिन्छन् त्यो  हेर्नु छ । उनले चित्त बुझ्दो जवाफ दिन नसके उनको सपथ बदर हुन्छ र फेरि नेपाली भाषामा खानुपर्ने होला । त्यो सदर भयो भने किन असंबैधानिक काम गरेको भन्दै अर्को रिट पर्न बेर छैन लौ कारवाही गर्नुपर्छ भनेर । झा आफैंपनि अदालतका पूर्व न्यायधिश भएकाले उनलाई सबै संबैधानिक ब्यवस्थाको ज्ञान अवस्यै रामै छ नै । त्यहि भएरपनि उनको जवाफको प्रतिक्षा चाखलाग्दो हुने छ । जे होस, उनी त्यत्तिकै उम्कन भने नपाउने भएका छन।

तपाइँको प्रतिक्रिया