हारेरपनि जित्यो माओवादीले

सोमबार भएको राष्ट्रपति निर्वाचनमा माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंह हारे । र जिते डा. रामवरण यादवले । धेरैले यो जित नेपाली कांग्रेसको र हार नेकपा (माओवादी) को भनेकाछन । संभवत माओवादीपनि हारको पिँडाले रन्थनिएको छ । तर यो निर्वाचनमा जित फेरीपनि माओवादीकै भएको छ । नेपाली कांग्रेस, मधेश र मधेसी जनतापनि जिताएर आफुलेपनि जितेको जित माओवादीको जित । किनभने उसले निर्वाचनलाई समाबेशी बनाउन चाहेको थियो । तर चुनाव भएको तिन महिनासम्मपनि नेपाली काँग्रेसको गिरिजाप्रसाद कोइरालाबाहेक अरुको नाम सुन्नै नसक्ने हठका कारण त्यो असंभव भइरहेको थियो । उसले बिकल्पका रुपमा लिएको नेकपा (एमाले) ले जनताद्वारा सभासद बन्न पनि नालायक ठहर्‍याइएका माधव नेपाललाई निर्बिकल्प ठान्नाले देशले राष्ट्रप्रमुख पाउन सकेको थिएन । कोइरालाकै ब्यक्तिगत स्वार्थका र महत्वाकांक्षाका कारण देश तिन हिनासम्म अप्रजातान्त्रिक प्रक्रियाको बन्दि बनेको थियो । कोइराला नेपाली कांग्रेसको ठेक्का आफ्नै सरह ठान्थे । देश उनैको एक्लो निर्देशनमा चल्नुपर्ने हठ थियो । त्यसैले ब्यक्ति सर्बोपरि ठानियो । माओवादीले भने महिला, मधेशी, दलित, जनजाती र नागरिक समाजका कोही ब्यक्तिलाई बनाउनुपर्ने अडान लिइरह्यो । त्यहि अडानका कारण उसले आफुले उभ्याएको उम्मेदवारको पराजय भोग्न तयार भयो । तर उसले नेपाली कांग्रेसको ब्यक्तिवादी हठलाइ तह लगाउन सफल भयो  

उता नेकपा (एमाले) को जनताद्वारा नपत्याइएका, जनताले तिरष्कार गरेका ब्यक्तिलाई स्विकार नगरेर जनताको मत र चाहनाको कदर गर्‍यो । जनताको मत बिरुद्द उसले जान दिएन । अन्तत: उसले उभ्याएका उम्मेरद्वारले नजितेपनि उसले प्रस्ताब गरे अनुसारकै उम्मेरद्वारले जिते । यसले नेपाली कांग्रेसमा परिवारवाद, ब्यक्तिवाद र कोइरालावादलाई थोरैभएपनि पाठ सिकाएको छ । नेपालको पहिलो राष्ट्रपतिमा मधेशको प्रतिनिधी चुनिन पाएको छ । उनको राष्ट्रपतित्वले पक्कैपनि अहिले मधेशमा भएको द्वन्दलाई कम गर्ने छ जबकि माधव नेपाल वा कोइराला भएको भए झन फराकिलो पार्ने संभावना हुने थियो। 

राष्ट्रपतिको चुनावसँगै अब बिभिन्न नाम, अड्को, बहानाबाजी र निहुँ तेर्स्याएर नेपाली कांग्रेसले एक्लै सरकार चलाउन पाउने छैन । जनताले सरकार चलाउने मत नदिँदा नदिँदैपनि सरकारमा टाँस्सिएको उसले अब जबर्जस्तिपनि सरकार छोड्नुपर्ने छ कि त बहुमत पुर्‍याउनुपर्ने छ सरकारमा टाँस्सिनकालागि । तिन महिनादेखि अवरुद्द प्रजातान्त्रिक प्रक्रिया अगाडि बढ्ने छ । अब नयाँ सरकार को गठनसँगै नयाँ संबिधान निर्माणको प्रक्रिया थालनी हुनेछ । र त्यसको जसपनि माओवादीलाइ जान्छ । त्यसैले यो निर्वाचनमा माओवादीले फेरि एक पटक जितेको छ ।

तपाइँको प्रतिक्रिया