माओवादी-फोरम गठबन्धन, उपराष्ट्रपति फोरमलाई

 [पछिल्लो घटनाफोरम र माओवादेबिच किचलो शुरु

मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रमानन्द्र झालाई माओवादीले समर्थन गर्ने सहमति भएको बताउँदै हिडेकाछन । रामराजाप्रसाद सिंह माओवादीका उम्मेदवार भएकाले उनलाई राष्ट्रपतिमा समर्थन गरेपछि उपराष्ट्रपतिमा माओवादीले आफुलाई समर्थन गर्नुपर्ने उनको दाबी रहेछ । यदि उपराष्ट्रपति आफुले नपाए माओवादी उम्मेदवार सिंहलाईपनि आफुले समर्थन गर्न नसक्ने चेतावनी दिँदै हिँडेकाछन आज । माओवादीले भने सिंह आफ्नो पार्टीको नभएर सम्पूर्ण मधेशीहरुको साझा उम्मेदवार भएको र उपराष्ट्रपतिमा जनजाति तथा महिलाको प्रतिनिधित्व गर्न आफ्नो पार्टीकि उम्मेदवार शान्ता श्रेष्ठलाई जिताउनुपर्ने तर्क गरेको छ । अब भोलि बिहानसम्म क कसको को को सँग के के खेल, षडयन्त्र र लेनदेन चल्छ त्यसैले निर्णय गर्ला । रमाइलो पक्ष त के भने संभवत सहमति भएको २४ घण्टापनि नबित्दै फोरम र माओवादेबिच किचलो शुरु भइसकेको छ]

 नेपालको राजनिति न हो, छिन छिनमा पल्टा खान्छ । केहि बेरपछि के हुन्छ भन्ने जनताले कहाँ थाह पाउनु ?  संभवत हाम्रा नेताहरु नै पाउँदैनन  । आजै बिहानसम्म नेकपा एमाले र माओवादीबिच गठबन्धन बन्ने निश्चित जस्तै थियो । राष्ट्रपति एमालेलाई, प्रधानमन्त्रि माओवादी र सरकार निर्माणमा भागबण्डा । तर माओवादीको आज बिहानै पार्टी बैठक बस्यो । अनि एकाएक नाटकिए परिवर्तन भयो एमालेसँगको संझौता तोड्दै । र माओवादी निकटता अकस्मात फोरमसँग देखियो । मधेशका तिन दलले माओवादीकै उम्मेदवार रामराजा प्रसाद सिंहलाई समर्थन गरे । अनि अहिले मधेशी जनअधिकार फोरमका उपराष्ट्रपतिका उम्मेदवार परमानन्द झालाई समर्थन गर्ने भएका छन माओवादीले ।  

 मधेशी नेता उठाएकोले मात्रै फोरमले स्वतस्फुर्तरुपमा समर्थन गरेको होला माओवादीलाई रामराजाको पक्षमा निर्णय गरेर भन्ने ठानेका रहेछन धेरैले । जब फोरमका संयोजक यादव आफैँले उपराष्ट्रपतिमा फोरमका उम्मेदवार झालाई माओवादीले समर्थन गर्ने कुरा बताए तब एमाले र नेपाली कांग्रेसपनि जिल्ल परेछन । हेर्नुस त भित्र भित्रै कत्रा कत्रा खेल । कस्ता कस्ता लेनदेन ? हरेक दिन उही राजनितिक मञ्चमा रहेका नेताहरुले समेत त्यत्रो समिकरण थाह नपाउने यो सायद त्यहि लेनदेनको परिणाम हो । मधेशी नेता राष्ट्रपति हुनुपर्ने भनेपनि रामराजालाई समर्थन गरेबापत फोरमले माओवादीसमक्ष हाम्रो नेतालाई उपराष्ट्रपति चाहिन्छ भनेर लेनदेन गर्‍यो । आखिर लेनदेनमा फोरम झन अरु पार्टीभन्दा के कम ? अनि, माओवादीलाई पनि राष्ट्रपतिनै एमालेलाई दिनु भन्दा उपराष्ट्रपति दिएर पुग्छ भने फोरमतिर किन नढल्कने भन्ने लागेको होला ।

तर अचम्मको कुरा के भने माओवादीले उपराष्ट्रपतिमा समर्थन गरेको फोरमका नेता झा पूर्व न्यायधिश हुन। उनले न्यायधिश हुँदा पद, न्यायालय र मर्यादाको दुरुपयोग गर्दै एकजना लागू पदार्थका ब्यापारीलाई सफाइ दिएका थिए उनी बिबादमा परेर त्यसका बारेमा छानबिन गर्दा न्याय परिषदले उनमाथि कारवाहीको सिफारिस गरेको थियो । माओवादीले चोखा र विवादरहित ब्यक्ति हुनुपर्ने जिकिर गर्दै आएको थियो । यस्ता चोखा र बिवाद रहित ब्यक्ति पो खोजेका रहेछन माओवादीले ? ! झाबारे तलको समाचार हेर्नुहोस।

गन्हाएका न्यायधिश सभावित उपराष्ट्रपति 

तपाइँको प्रतिक्रिया