जासुसी हेलिकोप्टर घुमाएर आत्मसमर्पण गराउने तयारी !

nepal-police-nepalplus.jpg

 [ पछिल्लो विवरण: बिद्रोहमा उत्रिएर केहि उच्च अधिक्रितहरुलाई नियन्त्रणमा राखेका प्रहरीहरुले अन्तत आन्त्मसमर्पण गरेका छन। सेना र सशष्त्र प्रहरीका झण्डै पाँच सय संख्यामा गएका जवान र अधिकारीहरुले बन्धक बनाइएको गणलाई चारैतिरबाट घेरामा हालेर आत्मसमर्पण गराएका थिए। उनीहरुलाई नियन्त्रणमा लिँदा कुनै अप्रिय घटना भएन। उनीहरुले प्रहरी नियम बिरुद बिद्रोह गरेको भन्दै सरकारले “सबै नियम र कानुन पुर्‍याएर कारवाही गर्न” निर्देशन दिइसकेको छ । उच्च प्रहरी प्रहरी अधिकारीहरुलेपनि कारवाहीको प्रक्रिया शुरु शुरुभ इसकेको बताएका छन]


 
नेपालगजमा उच्च अधिक्रितहरुलाई कब्जामा लिँदै  बिद्रोह गर्ने प्रहरीहरुलाई वार्ता र समझदारी होइन सरकारले कारवाही गर्ने भएको छ । हिजो साँझदेखि मध्येपश्चिम क्षेत्रका उच्च प्रहरी अधिक्रितहरुलाई कब्जामा लिएका बिद्रोही प्रहरीहरुलाई हस्तक्षेप गरि  बलपूर्वक आत्मसमर्पण गराउनका लागि आज साँझदेखि सेनाको रेन्जर बटालियनका कर्णेल अनुपजंग थापा, नरेश भट्ट र मेजर अनन्त बस्नेत परिचालित भएका छन । नेपालप्लस स्रोतका अनुसार उनीहरु घटनास्थल पुगेर आत्मसमर्पण गराउने कोसिस गरिरहेका छन । त्यसको लागि संभवत कमाण्डो रेड गर्ने उद्देश्यले हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका हुन उनीहरु ।  त्यसको लागि आज बिहानै उक्त डिभिजनका कमाण्डर अनन्त थेवेलाई पनि नेपालगञ्ज पठाइएको छ जो सरकारी बिदामा बसिरहेका थिए । रेड गर्नुपूर्व घटनास्थलको पूर्ण जानकारी लीइ कसरि हस्तक्षेप गर्ने भनेर बिहानैदेखि सैनिक जासुसी हेलिकोप्टरले पटक पटक घटनास्थलको आकाश माथिबाट सर्भे गरेको थियो

स्रोतका अनुसार त्यहाँ बिद्रोही प्रहरीहरुको संख्या केही घट्दै गएको पनि छ । तरपनि बिद्रोही आफुहरुमाथि आक्रमण गरि आत्मसमर्पण गराउने सुइँको पाएपछि बिद्रोहीहरुले हतियार भण्डार गरिरहेको बताइँदै छ । यदी उनीहरुमाथि ठाडो हस्तक्षेप हुने अवस्था भए बिद्रोहीहरु जस्तोसुकै कारवाही गर्ने अवस्थामा रहेकोपनि बताइन्छ

 द्विपक्षबिच वार्ताबाट समस्या हल गर्न भनेर गएका पत्रकार; मानव अधिकारवादी र अन्य नागरिक समाजका ब्यक्तिहरुपनि सरकारले हस्तक्षेप गर्ने संकेत पाएपछि बिना उपलब्धि बाहिर निस्किएको संचार माध्यमहरुले उल्लेख गरेका छन यदि त्यसरी जबर्जस्ति हस्तक्षेप गरेमा बिद्रोही प्रहरीहरु पनि “मर्ता क्या नही कर्ता” भनेझै जवाफी कार्वाही गर्ने मनस्थितिमा रहेको बताइएको छ । यसबाट झन ठुलो अप्रिय घटना हुनसक्ने भन्दै पत्रकार, मानव अधिकारवादी र नागरिक समाजका सदस्यहरुले चिन्ता ब्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया