तपाईको एक क्लिकले धेरै वालवालिकालाई शिक्षाको अवसर, एक नेपालीको उद्दार
[अपडेट- प्राविधिक समस्या सुल्झियो, भोट हालिदिनुस् है त ?]
नेपालप्लसको मेलमा एउटा खबर आयो-ददि दाई तपाईको सहयोग चाहियो। हेरें, कहिँ कतै नातापाता नपर्ने । चिनजान नभएको । नाम सुभास घिमिरे । घिमिरे थरका निकट मित्र भएकाले कतै त्यतैको लहरो परेछ कि भनेरपनि सोचें । अमेरिका बस्ने एउटा जेहन्दार ठिटो, देशका लागि केहि गर्ने भावना, जाँघर र तत्परता भएको । केहि गरिपनि रहेका देशका लागि। प्रस्ताब पढें के सहयोग गर्नुपर्ने रहेछ त मैले भनेर।
उनी अमेरिकाको मिनेसोटा स्थित ओलाफ कलेजमा राजनितिशास्त्र अध्ययनरत रहेछन् । अरुलाई सहयोग गर्ने उनलाई यतिखेर भने मेरो सहयोग चाहिएको रहेछ । उनी अमेरिकाकै टेक्सस विश्व बिद्यालयमा सोसियल इनोभेसन ग्रान्ट भनिने सहयोगको लागि प्रतिस्पर्धा गर्दै रहेछन् । त्यसको लागि भोटिङ हुने रहेछ । पहिलो चरणमा भोटका आधारमा उनी छनौटमा परिपनि सकेछन् । अर्को चरणको लागि उनलाई फेरी भोट चाहियो । उनी छनौटमा पर्न मार्च ३ सम्ममा केहि भोट चाहिन्छ ।
त्यसको लागि सरस्वती शान्ति स्कूलको नाममा भोट हाल्नुपर्छ । त्यो भोट दिन यहाँ क्लिक गर्नुहोस । कुनै कठिनाई भए यो लिंक(http://www.dellsocialinnovationcompetition.com/ideaView?id=08780000000PDe6AAG) कपी एण्ड पेस्ट गरेरपनि भोट दिन सकिन्छ । हामीले जितायौं उनलाई भने ५० हजार अमेरिकी डलर त्यो स्कूलले पाउँछ । त्यो भनेको धेरै वालवालिकाले शिक्षा पाउँछन् । त्योपनि द्वन्दको मारमा परेका ।
यो खबर वा लिंक आफ्नो फेस बुकमा राखेर, वेभ साईटमा लेखेर वा ब्यक्तिगत रुपमा मेलबाट साथीभाई र आफ्ना सम्पर्कलाई खबर गरेरपनि भोट दिन लगाउन सकिन्छ । आखिर हामीले एक क्लिक गरेकै भरमा एउटा स्कूलले त्यत्रो सहयोग पाउँछ र एक नेपाली बिद्यार्थीले उच्च शिक्षा लिन पाउँछन् भने किन नगर्ने होइन त ?
आफ्नो लागि भोटको आशा गर्दै उनले लेखेका छन्- “नेपालप्लसको पाठक संख्याको पहुँचका बारेमा म एकदम जानकार र आशावादी छु । त्यसैले मेरो बारेमा एउटा खबर प्रकाशित गरिदिनुहुन्छ कि भन्ने आशामा छु ।”
उनले आफ्नो गोरखा जिल्लाका युद्द प्रभावित वालवालिकालाई पढाउन एउटा फाउन्डेसन पनि चलाईरहेका । केहि वालवालिका उनैको सहयोग र तत्परतामा अध्ययन गरिरहेका । नेपालमा अहिलेपनि उनी बिभिन्न स्वदेशी र बिदेशीको सहयोगमा पहिलो शान्ति बिद्यालय निर्माणमा जुटेका रहेछन् ।
उनको ठेगाना
Subhash Ghimire
St. Olaf College’10
Northfiled, MN 55057
[email protected]





