नेपाली दूतावासमा कुटाकुट

सीताराम बराल, काठमाडौं

नेपालको कूटनीतिक इतिहासमै सबैभन्दा लज्जास्पद घटना लन्डनस्थित दूतावासमा घटेको दुई अर्दलीबीचको झगडालाई आधार बनाएर बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माले दूतावासभित्र प्रहरी हस्तक्षेप गराएका छन् घटना गत जुन २३ (असार ) मा भएको थियो शर्माले लन्डन प्रहरीलाई दूतावासमा बोलाएर दूतावासका काउन्सिलर झविन्द्रप्रसाद अर्यालका अर्दली होमनाथ लम्साललाई निकाला गराएका थिए   घटनाको सूत्रधार भने राजदूत शर्माको अर्दली बनेर गएका उनका भान्जा गोविन्द चापागाईं थिए लम्साल पनि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिसकेका अर्यालका नातेदार भएको बताइन्छ शर्मा राजदूत भएपछि अर्दली बनाएर लगिएका भान्जा गोविन्द अर्याल कावा राजदूत हुँदा लगिएका लम्सालबीच को ठूलो भन्ने विवाद थियो मामा राजदूत भएकाले लन्डन गएदेखि नै भान्जा चापागाईंले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै फूर्ति देखाउने गरेको बताइन्छ अर्यालका अर्दली लम्साल पनि के कम, पहिला आएकाले आफूलाई सिनियर देखाउने गर्थे राजदूतको खाना पकाउनेदेखि लिएर अन्य निजी कामका लागि लगिएका यी दुइ अर्दलीबीचको झगडाले असार (जुन २२) मा उत्कर्षरूप लिन पुग्यो त्यसदिन बेलुकी दूतावासकै पार्टीहलमा भएको रात्रिभोजमा खटिएका यी दुइ अर्दलीबीचको वैमनश्यता कुटाकुटमा परिणत भयो राजदूतका भान्जा अर्दलीले झविन्द्रका अर्दलीमाथि हात हाले त्यसपछि लम्साल गोविन्दमाथि के जाइलागेका थिए, चापागाईं दौडूदै राजदूत निवासकक्षभित्र पसे ढोकाको चुकुल लगाउन खोजे उनलाई खेद्दै पछ्याएका लम्साल जोगिन खोज्दै गरेका चापागाईंबीच ढोकामै घम्साघम्सी भयो एउटा ढोका लगाएर जोगिन खोज्ने अर्को ढोका फोरेर आफूलाई हात हालेको रिस फेर्न ढोका तानातान गर्ने क्रममा ढोकाको सिसा नै फुट्यो   

स्रोतका अनुसार सो घटनाको भोलिपल्ट राजदूत शर्मा आफैँले लन्डन प्रहरीलाई फोन गरी बोलाएपछि प्रहरीले राजदूतावासभित्रै रहेका लम्साललाई निकालेको थियो सो झगडा दूतावासभित्रको आन्तरिक समस्या थियो राजदूतजस्तो व्यक्तिबाट सो घटनालाई मिलाउनुको सट्टा प्रहरीसम्म पुर्‍याएर देशकै बेइज्जत गरेको टिप्पणी परराष्ट्रका उच्च अधिकारीहरूले गरेका छन् दूतावासबाट निकालिएका शर्मा पहिलोपटक राजदूत भएका व्यक्ति होइनन् यसअघि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा नेपालका लागि स्थायी प्रतिनिधि थिए भने त्यसअघि परराष्ट्र सचिव थिए  हिजो बुधबार २५ असार २०६५ को जनआस्थाबाट 

तपाइँको प्रतिक्रिया