यि असिमित माया सबै तिम्रोलागि
-सर्जन
आज प्रणय दिवस । तिमी टाढा म पनि टाढा । तिमीसित बस्न, खेल्न, रमाउन, हाँस्न, हँसाउन कति मन थियो तर पाइएन । तर भौतिक शरिर टाढा भएपनि मन, मस्तिस्क, ह्रिदय, आत्मा सधैभरि तिम्रो साथमा छ । तिमीसित बसेका, हिँडेका, रमाएका क्षणहरुले पल पल पछ्याएका छन् । ति सधैं मेरो साथै रहने छन् ।
प्रिय तिमी प्रति मेरो एकदम धेरै माया, ममता, स्नेह, प्रेम, विश्वास र भरोसा छ । त्यो कहिल्यै कम हुने छैन, हुन दिने छैन। बरु तिमीसित भेटेपछिका दिनमा झन बढेका छन् । मलाई मेरो भन्दा तिम्रो शरिरको तिम्रो भावनाको बढि माया लाग्छ, कदर लाग्छ ।
जिवनमा माया भनेको के हो तिमीलेनै सिकायौ । तिमीलेनै दियौ । आई लभ यू सो मच भन्ने तिम्रो मायालु स्वर जतिखेर पनि कानमा घन्किन्छ । तिमीले मलाई गरेको माया, बुझाई, हेरचाह देख्दा तिमीसित मेरो भेट किन पहिले नभएको होला भन्ने लाग्छ ।
तिमी जस्तो मान्छे साँच्चिनै मेरो ब्यक्तित्व विकासका लागि, जिवन बुझ्न र बुझाउनको लागि, हाँसो र रमाईलोपनि आउँछ जिवनमा भन्ने बोध गराउनको लागि, आफु खुशि भएर आफ्नीलाई खुशि बनाउनपनि सकिन्छ, ति गुण छन् म सित भन्ने ख्याल गराउनकोलागि
पहिलेनै भेटिनु पर्ने । मेरो पर्खेर बसेको माया पहिलेनै लिन आउनुपर्ने । तर मैले जिवनमा जे खोजेको थिएँ त्यो पाएँ । जो गुमेको थियो त्यो भेटियो । जे को अभाव थियो त्यो पुरा भयो । यति खुशि दियौ कि मेरा गोडा आकाशमा छन् जमिनमा होइन ।
आई लभ यू सो मच प्यारी । के ले नापौं र ? यति माया छ कि त्यसलाई नाप्ने केहि बनेको भएपनि असफल हुने थियो किनकि मेरो माया तिमीलाई जुनसुकै तराजुमा राखेपनि अटाउँदैन । आफुलाई जति महसुस हुन्छ त्यति महसुस गराउनपनि सायद सकिँदैन । हुन त नसकेकै राम्रो, त्यस्तो तराजु नभएकै जाती किनभने नापिने, जोखिने मायाको सिमा हुन्छ । मेरो त नाप्नै सँकिदैन के सिमा ? असिमित !!! बास, तिमीले लेउ यि असिमित माया ! सबै तिम्रोलागि ।
आज मैले तिमीलाई भ्यालेन्स्टाइनको उपहार दिनु पर्ने हो । तर तिमी टाढा छौ । मेरो सारा जिवन, शरिर नै तिम्रोलागि भएपछि के सानो उपहारको कुरा भयो र होइन त ? तर अब हाम्रो भेट हुँदै छ नी केहि दिनमा !! त्यो बेला दिउँला नी त है ? आखिर तिम्रो जिवन मेरोलागि र मेरो तिम्रो लागि भएपछि के भयो र !
बाबा शरिरको ख्याल गर है ? स्वास्थ्य बिचार गर । राम्रोसित खाउ । आराम गर । सकारात्मक कुराहरु सोच्ने गर । जति सकारात्मक कुरा सोच्यो उति नकारात्मक र खराब कुरा बाहिर निस्कन्छन् । त्यसले जिवनमा सफल बनाउन सहयोग गर्छ । अरु भन्दा फरक भएर बाँच्नुपर्छ । भिन्न भएर जिउनु पर्छ । जिवनमा केहि गरेर देखाउनुपर्छ । त्यो सबै गुण, सिप, क्षमता तिमीसित छ । खाली त्यसलाई सकारात्मक तरिकाले प्रयोग गर्नु पर्छ । त्यसको लागि, तिम्रो जिवनमा आइपर्ने सबै कुराकालागि म सदा तयार छु । एक चिम्टीपनि कमी हुन दिने छैन प्यारी । भोलीका कठिन र सुगम दुबै खाले सजिला र अप्ठेराका लागि म तयार छु । जिवनमा पहिलो प्राथमिकता र सबै तिमीनै हौ मेरालागि । त्यसैले तपसिलका कुरा र समस्यालाई त त्यसै किनारा लगाइन्छ ।
मेरो प्यारी आई लभ यु सो मच । रेल्ली सो मच । अंगालोमा राखेर तिमीसित कति माया साट्ने मन छ । तिम्रो मायाले भुतुक्कै भाको छु प्यारी ।
एकदम धेरै माया ।
धेरै धेरै चुप्प काखमा राखेर है ?
तिम्रो प्यारो
सर्जन
अघिल्ला वर्षका भ्यालेन्टाइन विशेष सामाग्रिपनि हेर्नुस्-
![valentine4[1]](http://www.nepalplus.com/wp-content/valentine41.jpg)





