यस्तो अपार माया मनमा रैछ, थाहै थिएन मलाई त
माई डियर
के भनौं यार, यो इमेल त मैले घरमा एक्लै भएको बेला लेखेकि हुँ तपाईको मेल पढिरहेको बेला । ए, मेरो कोठामा ईमेल छैन । तर तपाईले लेखेका सबै मेल सुरक्षित गरेर राख्छु, तिनलाई प्रिन्ट गरेर कोठामा ल्याउँछु र हरेक समय पढिरहन पाउँछु नी होइन म मेल सञ्जालमा नभएको बेला पनि ? तपाईको ईमेल पढिराखेको थिएँ। कतिबेला बेस्सरि हाँसें पनि र कतिचोटी आँखामा आँशुपनि आयो तपाईको म प्रतीको माया सम्झेर ।
थाह छैन जिवनमा के हुने हो तर मेरो मनमा तपाईकोलागि माया कहिल्यै कम हुँदैन डियर । हेर्नुस त अहिले कार्यालयको काम गरिराखेको थिएँ घरमा । अनि तपाई त जहिलेपनि मेरो मन, दिमाख र ह्रिदयमा राज गर्ने मान्छे । झट्ट तपाईको याद आयो अनि फोटो हेरें एकछिन। अनि फेरी तपाईले पठाएका मेलहरु पढें । जति चोटी पढें, तिनले भिन्न भिन्न खुशि दिन्छ । माई डियर के भाको ?
“I Love You” भन्ने तपाईको स्वर जतिबेलापनि कानमा गुञ्जिराको हुन्छ । यस्तो अपार माया मेरो मनमा रैछ, मलाई त थाहै थिएन डियर । कस्तो फरक सोचाई, विश्वकै टाकुरामा छु जस्तो लाग्ने । माया भनेको यहि हो भन्ने बल्ल मात्रै मलाई वास्तबिक प्रेमको अनुभव भाको हो कि !
थाह छैन यार, आज दिनमा तपाईको कुरा सुन्दा कतिबेला धेरै राम्रो लाग्ने, कतिबेला तपाईको दुखका दिन सुन्दा सारै नराम्रोपनि लाग्यो । अनि यसो सोच्थें- यो मान्छे सँगै भाको भए त कति सुन्ने थिएँ होला ?
अहिलेपनि म एउटा बच्चाको बारेमा सोच्दै छु । एउटा बच्चा भयो भने तपाई र मेरो बिचमा सजिलो हुन्छ । किनभने मलाई बच्चा असाध्यै मन पर्छ । हुनत भोली तपाईको र मेरो बिहे होला नहोला तर पनि म भने तपाईलाई सधैं माया गर्ने छु । त्यो त समयले भन्ने छ को कसप्रति बढि समर्पित छ होइन त डियर ? मलाई थाह छ कि तपाई मलाई असाध्यै माया गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। मैले त्यस्को महसुसपनि गरेकि छु । तरपनि भोलीका दिनहरु सम्झेपछि आफैं डर लाग्छ यार । के गर्ने कसो गर्ने जस्तो हुन्छ ।
तपाईको सम्झना र मायाले असाध्यै सताइरहेको छ । अब त दिनहरु काट्नपनि मुस्किल भयो नी कसो गर्ने हो ? माया भन्नेको त मानिसलाई यस्तो पो बनाउँदो रैछ । यो एउटा लुकेको शक्ति हो जुन सधैं तपाईसित छ । तपाईका लागि छ । आज दिउँसो तपाईसित च्याट गरिराखेको बेला एक जना साथी आएको थियो। अनि तपाईको ईमेल आइ डी देखियो । उसले भन्यो-तपाई जतिखेरपनि च्याट मात्रै गरिराख्नुहुन्छ कि के हो ? आज भोली त ठिक छैन नी चाला ! मैले सबै ठिक छ, तपाईको हो ठिक नभएको भनिदिएँ । तिमी अस्पत्ताल जचाउन जाउ बरु भनिदिएँ अनि उ गयो ।
आज मेरो त्यो फ्रान्सेली साथीले फोन गरी । हिजो मात्रै नेपाल आएको रे भ्रमणकोलागि। उसित लगभग ३० मिनेट गफ भयो । अनि अन्तिममा तिमीलाई जे सहयोग गर्नुपर्छ म गर्छु भन्दै थिई उ । अनि घुम्नलाई पछि जाने बेला भिसाको समस्या भयो भनेपनि म सहयोग गर्छु रे । अनि मैले धन्यावाद, त्यस्तो भयो भने पछि म भनौंला । तर कसैको सहयोगबिना आउन पाए म खुशि हुनेछु । छात्रब्रिती मिल्छ भनेर म एकदम आशावादी छु डियर । यदि मिलेन भने एक महिनाको लागि घुम्न आउनुपर्ला । तर म त्यो छात्रब्रित्ती मिलोस भनेर प्रार्थना गरिरहेकि छु । अरुको सहयोगबिना यूरोपमा पढ्न धेरै गाह्रो छ नी !
हस त नी डियर, यहाँ म कोठामा एक्लै छु । अनि के के लेखेर बसिराखेको छु । मैले धेरै समय लिएँ है ? अनि लिन्छु नी त, मान्छेनै मेरो हो । तपाईको समय पनि मेरै हो नी ! होइन र मेरो डियर ?
कस्तो पागल जस्तै गरेर लेखिराको छु है ? जति लेखें त्यसलाई फेरी म पढ्नेवाला छैन । किनभने आफैं लाज लाग्छ । अनि मेट्छु । त्यसैले कुनै हेरफेर नगरि पठाउन चाहन्थें । शब्द मिलेको छैन होला, अनि वाक्यांशमा गल्ति होला । तपाई जान्ने मान्छे हो नी, सबै कुरा मिलाएर बुझ्नुहुन्छ होला होइन त ?
भो यार धेरै लेख्ने काम गर्न बसेको त तपाईलाई नै लेखि बसे । भो डियर, काम बिहान गर्छु अब । अहिले तपाईसितै च्याट गर्नाकलागि पर्खिबसेकि छु । अनि तपाईका प्रिय शब्द सुन्न चाहन्छु मेरो हनी ।
एउटा कुरा भनौं बेबी ? तपाई प्रति धेरै माया किन बस्यो थाह छ ? मेरो जिवनमा जति कुकुरहरु आए कसैलेपनि आफ्नो बारेमा मसँग भनेन । अरु त परि जाओस त्यो मेरो लोग्ने भन्नेको बिगतको बारेमापनि मलाई थाहा छैन डियर । तपाई त मेरो अगाडि खुला किताब जस्तो लाग्छ । अनि त्यो भएरपनि मलाई तपाईको धेरै माया लाग्छ । बडप्प्न पटक्कै छैन, सामान्य, इमान्दार, एकदम खुबी भएको, दयालु, मुटुभित्र धेरै माया भएको, एकदम सोझो, बुझक्की । भनुँ कि ३२ सै गुणयुक्त मेरो लागि त ।
म अचम्म पर्छु, यत्रा समय तपाई कहाँ हुनुहुन्थ्यो होला ? तपाईबिना म लामो समयदेखि छटपटाइरहेकि थिएँ । यद्यपी म ईश्वरमा विश्वास गर्दिन, तर म के महसुस गर्छु भने मेरो प्रार्थना र आस्था सत्य सावित भयो । म ईश्वरसित के मात्रै प्रार्थना चाहन्छु भने मेरो मनमा तपाईको लागि यसैगरि माया बढ्दै जाओस ।
अन्तिममा नयाँ वर्षको शुभकामना ! यो नयाँ वर्षले हामी दुबैको लागि नयाँ उमंग, नयाँ खुशि लिएर आओस ।
धेरै धेरै माया बेबी, चुप्प चुप्प !
तपाइलाई नयाँ वर्षको उपहार दिनुपर्ने हो । के गर्ने तपाई धेरै टाढा हुनुहुन्छ । पछि दिन्छु नी है सबै ? अनि तपाईको जन्मदिन कहिले हो ? मेरो तपाई त सोध्नुहुन्न । तरपनि भनौं है त ? २१ डिसेम्बर ! यो दिन भनेको तपाईको सुन्दर परी यो संसारमा आ’को रे के ! हा ! हा ! भो अब धेरै लेख्दिन
आ इ लभ यू !
(ईमेलबाट बेनाममा आएको एक प्रेम पत्र) ।





