पहिले त राजालाई दोष, त्यसपछि के गरे त नेताले ?
केहि महिना भयो मैले आन्मारीसित भेटेको । नेदरल्याण्डको मुख्य शहर आम्स्टर्डमबाट त्यस्तै ७० किमीजति टाढाको वागनेगेन विश्व विद्यालयकी प्राध्यापिका हुन् उनी । त्यहाँ नेपालको बारेमा विज्ञका रुपमा चिनिन्छिन् । लैंगिक समानता, लैंगिक बिभेद, क्रिषीका बारेमा त्यहाँ अनुसन्धान गर्छिन् अनि अध्यापन पनि गर्छिन् । नेपालसितको उनको नातो, सम्पर्क, अनुभवका बारेमा उनका आफ्नै कथा, ब्यथा र अनुभवका फेहरिस्त छन् । ति सबै यहाँ चर्चा गरेर साध्य छैन । नेपालमा चासो र चिन्तन राख्ने यूरोपेलीहरुको नेपाल संबन्धि पुस्तक लेखनकालागि मैले उनीसित अन्तर्वार्ता गरेकाले पुस्तककालागि लिएका सबै पाटाहरु केलाउनुपनि भएन । तर उनले गत २०, २२ वर्षमा के भिन्नता देखिन् त नेपालको ? अनि हाम्रो देशको तात्कालिक अवस्थालाई कसरि हेरिरहेकि छन्, नियाली रहेकि छन् ? चाखलाग्दो छ ।
अहिले आनमारी भईन ४५ जति । नेपाल खासै नसुनेको । नबुझेको । २१ वर्षे अल्लारे जोवनका बेला उनी नेपाल पुगिछन् नेपालको क्रिषी संबन्धि अनुसन्धान गर्न । पाए अन्त नपाए लाटाको जन्त भन्ने उखान उनमापनि ठ्याक्कै मिल्ने रहेछ । उनले अफ्रिकाका केहि मूलुकमा अनुसन्धानकालागि निबेदन हालेकी रहिछन् । पाएसम्म उतै जाने सोचमा रहिछिन्। तर कसैले स्विकार गरेन । चाँदीको घेरामा कालो बादल हुन्छ भन्छन् । देखियो । त्यो थियो – चितवन रामपुर क्रिषी क्याम्पसको पत्र । कम्सेकम उनलाई निरुत्साहितै हुनु परेन । छोड्ने कुरै भएन । नेपाल हानिएकि उनी चितवन कहाँ छ भन्ने राम्ररि बुझ्दै नबुझि हिँडेकि रहिछन् ।
काठमाडौं पुगिन् । सोधिन् चितवन कहाँ पर्छ ? अरुले ‘लौ त्यहाँ जान त फेरी बस चढ्नुपर्छ’ भनेपछि बल्ल थाह भएछ । त्यतिबेला घ्याक्यार घ्याक्यार गर्दै १२, १४ घण्टा लगाएर हिड्ने बसमा चितवन पुगिछन् । बाख्रा त्यहि कराउँछन् । कुखुरा त्यहिँ क्वार्क्वार गर्छन् । कस्ता मान्छेले बस्ने सित अपौने हुन्, को उभिने हो ? केहि नबुझि उनी त्यो चर्तिकला हेर्दै पुगिन् चितवन । त्यस यता उनले जिवनमा जहाँ जहाँ नेपालसितको नातो, क्षण र स्मरणका पाना पल्टाईन चर्किकलै चर्तिकला भेट्टाइन् ।
अध्ययन गरिन् उनले नेपालको क्रिषी प्रणाली । अहिलेपनि नेपालकै क्रिषीमा विद्यावारिधी गर्दै छिन् । त्यसैले नेपालसितको साथ, सम्पर्क, अध्ययन, चासो मेटिने कुरै भएन । जे देखिन नौलो भयो । यो २०,२२ वर्षे अनुभवमा उनलाई खड्केको मुख्य कुरो के छ भने नेपाली नेताको पारा । उनको हेराईमा नेपालीहरु मेहनती छन् । ईमान्दार छन् । हँसिलो विवहारलेव्यवहारले धेरै आत्मियता दिन्छ । आफ्नो जस्तो बनाउँछ । तर नेपाली नेता ? जनतालाई ढाँट्छन् भन्छिन् उनी ।
आर्थिक रुपमा पछाडि परेको मुलुक । पहिले राजाले शाषन गर्थे । अनि नेपाली नेताले जनतालाई भने, राजाले गर्दा देश कंगाल भयो । सम्पत्ती जति राजाले थुपार्यो । राजपरिवारले मोज मस्ती गर्यो । जनतालाई हेरेन । विकास गर्न राजसंस्थालेनै दिएन । जनता असिक्षित हुनुको मुल दोषी राजा हुन् । गरिबीको मुल कारण तिनै राजा हुन् । मानव अधिकार छैन, व्यक्तिगत स्वतन्त्रता छैन । त्यसैले राजा भनेको सबै समस्याका जरो हुन् । त्यसलाई नफाली हुन्न ।
जनताले साथ दिए । २०४६ सालमा बहुदलिय प्रजातन्त्र ल्याउनुपर्यो भने । जनता सडकमा उत्रिए । ल्याए प्रजातन्त्र । राजा संबैधानिक बने । तर देश सप्रेन । समाज अगाडि बढेन । जनताका दुख घटेनन् । पिर मर्का २० को १९ भएनन् । बरु झन् देशको हालत ओरालो लाग्यो ।
नेताहरुले फेरी भने-राजतन्त्र पुरै नफालेसम्म हुँदै हुँदैन । अहिलेपनि राजा रहेसम्म देश अगाडि जान्न । जनता फेरी उठे । राजतन्त्र फ्याँके । गणतन्त्र ल्याए । अनि गणतन्त्र आएपछि ? झन नागरिक असुरक्षा । महँगी उस्तै । बन्द र हड्ताल हप्तै पिच्छे । झन बढि दलिय स्वार्थ । पहिले त त्यस्ता सारा बिक्रितिको दोष लगाउन राजा थिए । राजा फालिए । त्यो सबैको दोषी अहिले को त ? राजाले गर्न दिएनन् भन्ने नेताले अहिले किन नगरेका । अहिले त राजाले केहि रोकथाम गरेका छैनन् ?
आन्मारी छक्क पर्छिन्- साँच्चै किन राजा हिँडेपछिपनि केहि सकारात्मक संकेत देखिएन ? जुन नेपाली नेताले चाहेका थिए त्यहि भयो । तर त्यसपछिपनि नेताले देश र जनताको लागि हेरेनन्, पटक्कै सोचेनन् । उनले नेपाली नेताको आपसी हारालुछ र खुट्टा तानातान बारे एउटा रोचक कथापनि सुनाएकि छन् भ्यागुतसित तुलना गर्दै । अर्को पटक है त ?





