लाचार ग्रिहमन्त्री

ब्यवस्थापिका, न्यायपालिका र कार्यपालीका पछि संचार क्षेत्र पर्छ । त्यसैले त चौथो अंग भनिएको हो संचारलाई । ति तिन अंगका मुलीहरुको विशेष सुरक्षापछि विश्वमा जतापनि संचार क्षेत्र र झन त्यसका संचालकको सुरक्षा हेरिन्छ। तर नेपालमा ? त्यत्रो स्पेश टाईम नेटवर्ककै संचालक जमिम शाहको दिन दहाडै हत्या गरियो । त्योपनि ग्रिह मन्त्रीलेनै चौबिसै घण्टा उच्च सुरक्षा निगरानी छ भनेर फलाकेकै ठाउँमा । घटना भयो, हत्याराहरु सहि सलामत पेस्तोल नचाउँदै भागे । तर उनको हत्यामा संलग्न पक्राउ पर्नु त परै जाओस सरकारी सुरक्षा अंगका मानिस स्पष्ठ प्रतिक्रिया दिँदैनन् । ग्रिह मन्त्री बिदेशको यात्रामा सयर छन्। यो भन्दा लाचार, घिन लाग्दो, नामर्दोपना, असक्षमता अरु के हुन्छ ?

यदि चौबिसै घण्टा सुरक्षा निगरानी थिएन भने ग्रिह मन्त्रीले किन ढाँटे ? थियो भने हत्यारा किन पक्राउ पर्न सकेनन् ? नेपालका गुप्तचरहरुलाई किन तलब खुवाएर राज्यले पाल्छ ? हत्याको योजना बुन्नु अगाडि कहिल्यै गुप्तचरी गर्न नसक्ने गुप्तचर किन पालिराख्ने ?

घटनाक्रम हेर्दा सामान्य लाग्दैन । किनभने भारतीय जाली नोटको कारोबार गरेको आरोप लगाउँदै अर्का टेलिभिजन संचालक युनुश अन्सारीलाई सरकारले पक्रेर बयान लिन भारतीयलाई दियो । उनी भारत बिरोधी भनेर चिनिन्थे । जमिम शाहपनि भारत बिरोधी भनेरै चिनिन्थे । अनि उनलाई पटक पटक भारतीयहरुले कार्वाही गर्न दबाब दिने गरेको मेडियामा छाउँथ्यो । त्यसका बारेमा नेपालको सुरक्षा अंग त के धेरै नागरिक समेत जानकार छन् । त्यति हुँदा हुँदै किन सरकारले उनको सुरक्षा गर्न सकेन ? र घटनापनि किन ग्रिह मन्त्री भारतबाट साउती मारेर आएलगत्तै भयो ? ग्रिहमन्त्री फेरी बिदेश भ्रमणकै बेला कसरि भयो ?

ग्रिहमन्त्रीले भारतको भ्रमण गर्नु, भारतले सुपुर्दगी सन्धिमा हस्ताक्षरमा दबाब दिनु तर नेपालले ईन्कार गर्नु, ग्रिह मन्त्रीले लाजिम्पाट क्षेत्रमा जतिखेरपनि उच्च सुरक्षा छ भन्नु र त्यहिँ जमिम शाह मारिनु, महाराजगंज मै भएको प्रहरी बिटका सुरक्षाकर्मी सर्वसाधारणले उनलाई अस्पत्ताल पुराउन्जेलपनि नआइपुग्नु, घटनापछि सुरक्षा अंगका उच्च अधिकारीहरु कोहि मुख खोल्न नमान्नु त कोहि फोन बिच्छेद गरेर बस्नु । गोली हान्नेहरु झन प्रहरीकै बिटतिरबाट भाग्नु। हत्याराहरु भारतीय मुलकै हुनु । के हो संयोग मात्रै हो ? २४ सै घण्टा उच्च सुरक्षा छ किन भने उनले ? यो घटनामा ग्रिह मन्त्री स्वयंकै बिदेशी सित साँठगाँठ छैन भनेर कसरि पत्याउने ?

————————————————————————————-

[प्रणय दिवस (Valentine’s Day) का उपलक्ष्यमा प्रेम पत्र, गित र कविता लेखेर पठाउनुहोस सभ्य र रोचक भाषामा । कसैको ब्यक्तिगत जिवन र प्रतिष्ठामा आघात नपुग्नेगरि लेख्नुहोला। सामाग्रि छोटो, मिठो र चाखलाग्दोका आधारमा राखिने छ । आफ्नो लेख, रचना, अनुभव, अनुभूती आफ्नो तस्बिर सहित राख्नपनि सक्नुहुनेछ। त्यस्ता सामाग्रि काल्पनिक नाममापनि राख्न सकिन्छ । रचना कम्तिमा नेपालको समय अनुसार फर्वरी १२ को साँझसम्ममा आइपुग्नुपर्ने छ-नेपालप्लस]

तपाइँको प्रतिक्रिया