फ्रान्सेली आमैले भेटिछन अनौठा गाईने

musical-caste-of-nepal-nepalplus-1.jpg

फ्रान्सेली दुतावासकि पूर्व कर्मचारी सिल्भि सेर्भासँग एक दिन नेपालबारे गन्थनमन्थन हुँदै थियो । उनी मलाई नेपालमा आफ्नो अनुभव, कार्यकालमा दुतावासमा देखेका क्रियाकलाप सुनाउँदै थीइन । त्यसै प्रसंगमा उनले एक जना बुढी आमै मिरेइ हेल्फेरलाई भेटेर उनका कुरा सुन्न सल्लाह दिईन।  तपाईलाई रमाइलो लाग्ने छ भन्दै उनले हौस्याएकि थिइन उनैको सुझावमा म भेट्न गएँ मिरेइलाई । लगातार चालिस वर्ष त बसिनन नै नेपाल । तर पटक पटक गरेर दर्जनौं पटक गइन । त्यसरि चालिस वर्ष उनले नेपालका गाइनेको खोजिनितिमा बिताइन । उनको रिपोर्ट यहाँको मुजे दोम भनिने सग्रहालयको लागि रहेछ। उनलाई खटाएको चाहिँ यहिँको फ्रान्सेली अनुइसन्धान केन्द्रले। 

गाईने संबन्धी कुराकानी भए । कहाँ कहाँ गईन, के के देखिन यस्तै यस्तै व्यक्तिगत अनुभव । उनले त्यतिबेलै एउटा गज्जबको अनुभव गरेकि रहिछन । तस्बिरमा उनको त्यही अनुभव बोल्छ । राम्ररी हेर्नुभयो भने तपाई देख्नु हुन्छ । तस्बिरमा तिन पुरुष छन । यो तिन पुरुषको तस्बिर तिन पुस्ताको रहेछ । दाहिने पट्टीको पहिलो तस्बिरमा फेटा देखिन्छ । दोस्रोमा अलि बिकसित रुप नेपाली ढाकाटोपी । अनी पुस्ता झन आधुनिकीकरण भएछ र पछिल्लोपुस्ता ह्याट भनिने बिदेशी टोपी पो लगाउने भएछ । यो ह्याट लाउने पुस्ता त कि शहर पसे होला कि भारत भनेर गाइनेहरुमा आएको परिवर्तनको संकेत गर्दै थिइन उनि

त्यस्तै, तस्बिरमा भएका तिनै जना पुरुषका खुट्टामा जुत्ता छन । तस्बिरमा तिन जना वालिका छन । तिनको गोडा नांगो छ। दुइ वालक छन तर तिनको गोडामा चप्पल वा जुत्ता छ । एक महिला छिन वच्चा बोकेकि तर उनको गोडापनि नांगो छ । उनले त्यो देखेपछि भनिन-नेपालमा महिलाहरुलाई हेपिने रहेछ, केटाकेटीलाई भन्दा बढी प्राथामिकतामा हुर्के बढेका सक्षमलाई राखिने रहेछ । घरका मुली मानिसहरुले त आफुले पो लिने रहेछन पहिलो सुबिधा ! यो तस्बिरले भन्छ-छोरीलाई हेप्ने, हेलाँ गर्ने चलन गाईने जातिमा रहेछ। र रहेछ यो चलन पहिलेदेखिको ।

 यो फोटो सन १९६८ तिर खिचिएको रहेछ । सायद बाटुलेचौरको होला यो तस्बिर भन्दै थिइन आमैले  mireille-helffer-nepalplus.jpgयि बुढी आमै त मापा कि पो रहिछन। १९६३ तिर नेपाल गएको रे । लोकगीतका चर्चित झलकमान गान्धर्वसँग त उनले गीत रेकर्ड गराएकि रहिछन । त्यति बेला झलकमान लर्कने ठिटा रहेछन २२ वर्षका  । ओहो, त्यो जमानाकि यि आमै अझै टेबलमा सर्पले टाउको ठड्याझैं गरेर धमाधम लेख्न सक्ने गाँठे !! म उनको घरमा पुग्दा त उनि नेपाल र तिब्बतका बारेमा अध्ययन गर्दै रहिछन कागजपत्र छरपस्ट पारेर । आजकल के गर्दै हुनुहुन्छ भनेर सोधें । यि हेर्नुस न अध्ययन गर्दै छु भनिन। चार छोराछोरी, तिन नातिनातिना अनि तिनबाट जन्मेका सात पनाति पनातिनिकि हजुर आमाको चार बिस उमेरमा यत्रो जाघर !

अनी उनलाई कुन ठाउँका सारंगी कस्ता, के कुरामा फरक भन्ने पनि थाहा रहेछ। काठामाडौं बाहिरका सारंगी अली लामा हुने रहेछन । काठमाडौभित्रका चाहिँ छोटा । पछि पर्यटकहरु आउन थालेपछि त झन पर्यटककालागि भनेर गोजीमा अट्ने सारंगी बनाउन थाले रे गाईनेहरुले । रेडियोहरु आएपछि धेरै कुरा बदलिएको बताउँदैथिन उनी

बिस्तारै घरघरमा गाउन जानपनि छोडे  आधुनिकता भित्रियो चामल भन्दा पैसा माग्न थाले । अहिले त कहाँ घर घरै गीत गाउन जान्छन र धोक्रो पछाडी बोकेर । उनी सोध्दै थीईन बरु मलाई-तपाईले देख्नु भो कहिल्यै धोक्रो बोकेर सारंगी रेट्दै गीत गाएर घरघर अन्नपात माग्दै आएको ? उनी त्यतिबेला गाइनेले सुनाएका थुप्रै गीत गज्जबले गाउने रहिछन । अहिले बिर्सीईछन । तैपनि यसो गीत घन्किँदा सुनेपछि थपथाप गर्न त अझैपनि सक्ने रहिछन  त्यो जमानामा गाडी कहाँबाट पाउनु ? केहिपनि थिएन रे ! काठामाडौमा त जम्मा ३ वटा थिए क्यारे गाडी कहाँबाट गाडी चढ्नु म ? त्यसै भनिन।

गान्धर्वहरुको बारेमा अनुसन्धान गर्दै कहिले डँडेल्धुरा त कहिले दाङ् अनी कहिले बाटुलेचौर त कहिले धनकुटा पुगेकि रहिछन । पोखराबाट दाङ साङ सबैतिर हिँडेर गएको रे । बाग्लुङपनि गएकि रहिछन । फेरि कसरि जानु भयो भनेर सोधेको त पुरा नाचे जस्तै गरेर भनिन-हिँडेर के मा जानी रे ! तिम्रो देशमा गाडीनै थिएन के मा जानु त पो भन्छिन । ओहो त्यत्रो बाटो हिँडेर ? भनेको त त्यहीँ त हो नी, नजिकै छ, त्यो त केहि टाढा होइन हिँडेर गएपनि पो भनिन बास्सै !! तस्बिर नेपालप्लसका लागि म आफैले खिचेको हुँ ।

तपाइँको प्रतिक्रिया