राजाका सेना संभोगकालागि जनताका घर घरमा

                

[भर्खरै क्रिष्ण धरावासीको उपन्यास टुँडाल पढेर सकें । पुस्तक टुँडालहरुको रहस्यको बारेमा छ मुलत । यो टुँडालमा कुँदिएका नांगा कलाक्रितिबारे धेरैलाई चासो र चाख छ, रहस्य छ । धरावासीले उपन्यासमा त्यसैका बारेमा केहि चाख लाग्दा प्रसंग उल्लेख गरेका छन् । पाठकहरुलाई चाखलाग्दो होला भनेर अहिले अर्को प्रसंग यहाँ उल्लेख गरेको छु । पहिलो प्रसंग हेर्न यहाँ क्लिक गर्नुस । अरु केहि प्रसंगपनि अर्को पटक राखौंला ।]

धेरै वर्ष अघिका राजा शिवदेव भन्नेले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई मानिसको बलि चढाउन थालेछन् ।  यो मानवबलि परम्पराले समाजमा ठुलै हाहाकार भयो । हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथरि हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।

 यो बलि आतङ्कका कारण शरीरमा चोट पार्नकालागि जानीजानी एक टोल र अर्को टोलका बिचमा ढुङ्गा हानाहान गर्ने र एक अर्काका टाउका फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन् । जसको शरीमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङ्गा हान्ने परम्परा बन्द भएछ ।

तर चैत्र लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाल्दारहेछन् । नरबलिका डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममा घरघरमा जाने र महिलाहरुलाई हातपात गरेछन् । बलिमा परिने डरले घर छोडेर हिँडेका कैयौं पुरुषहरु नफर्केपछि महिलाहरुको संख्या राज्यमा बढेर गएछ । पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै बन्दै गएको त्यहि संभोगशैली बिस्तारै टुँडालहरुमा देखिन थालेको भन्छन्।’

 अर्को कथा

‘राजा गुणकामदेवाका पालामा लडाइँमा जानुअघि सेनाहरुले तोपलाई कन्याकुमारीको बलि दिन थालेछन् । एक अक्षतयोनि कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाइँ जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलिएछ । कुमारी रहनु अक्षत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ । अभिभावकहरुले नै छोरीको कुमारीत्वच्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्वच्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन् । समाजमा फैलिएको त्यो नाङ्गोपनलाई कालाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन् र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुँडालहरुमा सजाएछन्।’

-संबन्धित ब्लग-

नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र

दरबार दिउँसै यौन भवनजस्तो भएपछि टुँडालमा नांगा चित्र

तपाइँको प्रतिक्रिया