बल्ल दिने भए प्रधानमन्त्रिले राजिनामा

नेकपा (माओवादी) र नेकपा (एमाले) को गठबन्धन बन्ने संभावना देखेपछि बल्ल प्रधानमन्त्रिमा girija-prasad-koirala.jpgचेत खुले जस्तो छ। अब भने लरखराएर सकिंदैन कुर्सिमा बसिरहन भन्ने भएछ क्यारे । उनले राजिनामा दिने भएका छन । स्रोतका अनुसार उनले आजै राजिनामा दिन खोजेका थिए। के भएर हो अहिलेसम्म दिएका छैनन । संभवत भोली बेलुकासम्म राजिनामा पेश गर्ने छन सात पार्टी समक्ष । अस्तिसम्म त उनि आफुलाई राष्ट्रपति नबनाएसम्म ज्यानजाला राजिनामा दिन्न, बरु माओवादीसँग टक्कर लिन्छु भन्दै थिए। तर एमाले र माओवादीको गठबन्धन बन्ने भएपछि खुरुक्क राजिनामा नदिए बहुमतद्वारा हटाउँछन भन्ने भएपछि उनले अबिश्वाश सहेर निस्कनु भन्दा राजिनामा दिनु उत्तम ठानेछन

सरकार निर्माणमा राष्ट्रपति पद मुल बाधक बनेको थियो । अब त्यो पद नेकपा (एमाले) लाई दिन माओवादी सहमत भएको बताइन्छ । र सरकार निर्माण एमाले र माओवादीले गर्ने सहमति भएकोपनि बताइन्छ । र नेकपा एमालेका महासचिव झलनाथ खनालले एमाले र माओवादी मिलेर गए मात्र देशले सहज रुपमा निकास पाउने बताएर त्यसको छनक पनि दिइसकेका छन तर उपराष्ट्रपति लगायतका केहि सहायक पद नेपाली काग्रेसलाई दिएर सयुक्त सहमतिमै सरकार निर्माण गर्ने कोसिस पनि एमाले र माओवादीले गरिरहेका छन

एमालेले पार्टीका पूर्व महासचिव माधव कुमार नेपाललाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा अघि सारेको छ । माओवादीले भने उनलाई राष्ट्रपति बनाएमा निर्वाचनमा पराजित ब्यक्तिलाई देशकै सबैभन्दा शक्तिशाली पद दिएको भन्दै जनतामा नकारात्मक सन्देश जाने तर्क राख्दै आएको छ । बरु माओवादीले सहाना प्रधानलाई बनाउनुपर्ने बिकल्प अघि सारेको छ । तर हिजो एमाले महासचिव खनाल र माओवादीबिचको सरकार सञ्चालनको वार्तामा माओवादी माधव नेपालको बिकल्पमा पनि केहि नरम भएको बताइन्छ। जेहोस,प्रधानमन्त्रि कोइरालाले भोलि सम्ममा राजिनामा दिएभने कम्सेकम नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढेर अबभने निकास निस्कन्छ कि !

तपाइँको प्रतिक्रिया