मात्रिका यादवले ठिक गरे कि बेठिक ?

matrika_yadav.jpgमात्रिका यादव कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन। वास्तबमा उनी झोक्कि छन मान्छे । प्रधानमन्त्रिदेखि पार्टी अध्यक्ष र मन्त्रि पद सबैलाई चुनौति दिन सक्ने हक्कि नेता । वास्तबमा उनी प्रशसित पनि निकै भएका हुन उनको निस्वार्थि भावना र निडरताका कारण। तर उनले हिजो ललितपुरका स्थानिय विकास अधिकारीलाई शौचालयमा थुनेर मेरो बिचारमा राम्रो काम गरेनन। त्यसलाई जङ्गली ब्यवहारनै भनेपनि हुन्छ अलि झर्रो भाषामा भन्ने हो भने । 

थाह भएकै कुरा हो, नेपालको प्रशासनिक क्षेत्र भ्रष्ट छ । कर्मचारीहरु भ्रष्ट छन । वन बिनासको स्थिति डर लाग्दो छ । भूक्षयले धेरै वस्ति ध्वस्त पार्दै छ । कार्यान्वन नभएको मात्रै हो, त्यस्ता अनियमितता र बेथिति रोक्ने देशमा कानुन छ । ऐन र कानुन बनेका छन । सुरक्षा सयन्त्र छ । नियम र कानुन मिच्नेहरुलाई तिनै कानुनको सहारा लिएर कार्वाही गर्नु पर्छ । भए चलेका प्रचलित नियम र कानुनको बर्खिलापमा जाने कर्मचारीलाई छोड्नुहुन्न । त्यसको भरपर्दो कार्यान्वनकालागि खाली कुशल, निडर, निस्वार्थी, आटिलो, इच्क्षाशक्ति र, कार्यक्षमता भएको ब्यक्तिको खाचो छ ।

तर त्यसका निम्ति कानुनको बर्खिलापमा जाने अधिकार भने मन्त्रिलाईपनि छैन । शौचालयमा थुन्ने, शारिरिक र मानसिक यातना दिने छुट कसैलाईपनि दिएको छैन कानुनले । कर्मचारीले सरकारी नियम कानुनको पालना गरेन भन्दै त्यो भन्दा माथिल्लो निकायबाट फेरि कानुन मिचेर गरिने कारवाहि कुनैपनि हालतमा मान्य हुनै सक्तैन ।

वन मन्त्रि जस्तो कानुन कार्यान्वनको उपल्लो श्रेणीमा बसेको ब्यक्तिले यस्ता जङ्गली ब्यवहार गर्दा कर्मचारीमा अपहेलित महसुस हुन्छ । मन्त्रिस्तरबाट हुने त्यस्तो अमानबिय क्रियाकलापले कर्मचारीहरुको मनोबल घट्छ । उनीहरुले असुरक्षाको महसुस गर्छन । गिरेको मनोबल र बढ्दो असुरक्षित भावनाले प्रशासन सम्यन्त्र बलियो हुनै सक्दैन । त्यस्तो ब्यवहारले कानुनकै बर्खिलाप गर्न प्रेरित गर्छ । धाक, धम्कि, डर त्रासका भरमा कानुन हातमा लिनेहरुको बोलबाला चल्छ । कानुनी राजलाई दुरुत्साहित गरेर आतङ्कको राज चलाउन उत्साहित गराउछ । स्थानिय स्तरमा सरकारी नियम कानुन र निर्देशनको पालना नगर्ने कर्मचारी सजायको भागिदार हुन्छन भने नियम र कानुन मिच्ने वन मन्त्रि यादवपनि कहिन कतै कुनै न कुनै रुपमा सजायको भागिदार हुनै पर्छ । मलाई चाहि यस्तै लाग्छ । तपाईहरुलाई कस्तो लाग्छ राख्ने हो कि आफ्ना बिचार ?

तपाइँको प्रतिक्रिया