दरबार दिउँसै यौन भवनजस्तो भएपछि टुँडालमा नांगा चित्र
[मैले केहि महिना यता केहि उपन्यास र अन्य पुस्तक पढें । बसेर ढुक्कले पढ्ने फूर्सद नहुँदा बस र रेलमा यात्रा गर्दा अनि साथीभाई पर्खिँदा पढेर केहि सिध्याएँ । ति पुस्तकमा उल्लेख केहि चाख लाग्दा प्रसंग ब्लगमा लेख्छु भन्दा भन्दै भ्याउँदै भ्याईन । भर्खरै क्रिष्ण धरावासीको उपन्यास टुँडाल पढ्दै छु । पुस्तक टुँडालहरुको रहस्यको बारेमा छ मुलत । यो टुँडालमा कुँदिएका नांगा कलाक्रितिबारे धेरैलाई चासो र चाख छ, रहस्य छ । धरावासीले उपन्यासमा त्यसैका बारेमा केहि चाख लाग्दा प्रसंग उल्लेख गरेका रहेछन् । पाठकहरुलाई चाखलाग्दो होला भनेर एउटा प्रसंग यहाँ उल्लेख गरेको छु । अरु केहि प्रसंगपनि अर्को पटक राखौंला । तस्बिर चाहिँ पेरिसको नग्न संग्राहलयमा राखिएका केहि नांगा कला मध्ये नेपालकै छानेर म आफैंले खिचेको हुँ]
‘एक पल्ट पन्ध्रौं शताब्दितिर मल्लकालीन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् । उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । राजानै दरबारबाट हराउनु र नभेटिनु भनेको त्यो राज्य र सुरक्षासेनाका लागि ठूलो चुनौति थियो । रानीहरु रुवावासी गर्न थाले । राजा एकाएक गायव हुनुलाई ज्योतिषीहरु, तान्त्रिकहरु, गुप्तचरहरुका आआफ्नै प्रकारका अड्कलबाजीहरु आउनथाले ।
कसैको मत भएछ-राजालाई शनी ग्रहको मारक प्रभाव परेकाले राजज्योतिषकै सल्लाहमा केहि समय राजकाजबाट मुक्त रहेर एकान्तवासमा जानुपरेको छ । दशाको प्रभाव कम भएपछि एकदिन फर्कनेछन् ।
कसैले भनेछन्-‘राजा एकदमनै महत्वाकांक्षी भएकोले तन्त्र साधनाबाट ठूलो शक्ति प्राप्त गरि चक्रवर्ती राजा हुन चाहन्छन् । उनी एकान्त गुफामा बसेर हठयोग र तन्त्र साधना गरिरहेका छन् ‘
‘राजा भेष बदलेर देश भ्रमणमा निस्केका छन्। जनताको दुखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा छन् ।’
यस्ता अनेक अड्कलबाजीहरु भएपनि राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबार भित्र अनेक प्रकारका बिक्रितिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक नै थियो । अलिअलि, अलिलै गर्दागर्दै दरबारभित्रको चर्तिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किँदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुका बिच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्याप्त हुन थालेछ । दिउँसैपनि दरबार यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बिचपनि फैलाउँदै लगेछन् । दासीले आफ्नो पतिलाई सिकाइ, सेनाले आफ्नी पत्नीलाई सिकायो । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउँदै लगे । यस्ता नयाँ नयाँ असनहरुका नयाँ नयाँ अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममा सधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।
यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरि मुक्त गर्ने भन्ने छलफल शुरु भएछ । लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्णा उत्पन्न हुन्छ र यो पुन: आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ । अनि काठमा, माटोमा, धातुमा जे-जेमा हुन्छ यौनबद्द आक्रितिहरु सार्वजनिकरुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले आ-आफ्ना कलालाई यौनसौन्दर्यतिर मोडेछन् । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ त्यहाँ यस्ता यौन आक्रितिहरु स्थापना गर्न थालिएछ।”
‘अनि राजा चाहिँ के भए त !’
‘धेरै वर्षपछि चन्द्रगिरीको एउटा गुफामा राजालाई योगीका रुपमा भेटिएछ । राजालाई योगी हुनाको कारणबारे जिज्ञासा राख्दा उनले भनेछन्-जीवनमा राज्य गर्नु,पत्नी भोग्नु, सन्तान जन्माउनु, मिष्ठान्न भोजन गर्नु यी सब कुराबाट विरक्ति उत्पन्न भयो । दरवारभित्र आएका सबै उमेरका महिलाहरुसँग यौन सम्पर्क गर्दापनि यौनको इच्छाले भने कहिल्यै छोडेन । अनेक आसनबाट यौनलाइ हेरें । रानीहरु, दासीहरु, सन्यासिनीहरु, बालीकाहरु, ब्रिद्दाहरु सबैले मबाट यौन आसनहरु सिके तैपनि ममा यौनको त्रिष्णा कम भएन । अनि एकदिन सपनामा एक जना ऋषीले दर्शन दिए । त्यहि रात ब्रम्हमुहूर्तमा उठेर म यस गूफामा आएँ र यहिँ बसिरहेको छु ।
राजाको कुरा सुनेपछि मात्र वर्षौं अघि दरवारमा एकाएक फैलिएको यौनकाण्डको रहस्य पर्दाफास भएछ।’ बाँकि अर्को पटक—– —





