“राष्ट्रपति पाए काङ्ग्रेस त्याग्छु” कोइराला

उमेर पुगिसक्यो। श्वाश फेर्न नसकेर नक्कली पाईप लगाउनुपर्छ बेला बेलामा। औषधीको भरमा जिवन धर्मरिदै चलेको छ। तिन मिनेटपनि राम्ररि बोल्ने शक्ति छैन। सधैभरि चिकित्सकको निगरानी हुन्छ। तैपनि गिरिजा प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालामा अझै नया नया कुर्सिको मोहले भने छोडेको छैन। राजनितिलाई चटक्क बिसाएर सम्मानित नेताका रुपमा बस्नु पर्ने बेलामा उनले अझै राष्ट्रपतिको पद पाउन मरिहत्ते गरिरहेका छन। झन अचम्म त के भने आफैले हुर्काए बढाएको पार्टीनै त्याग्नपनि तयार भएछन उनी राष्ट्रपति पद पाएमा। अलि अगाडि सम्म त उनले आफ्ना विश्वाशपात्र मार्फत छड्के रुपले त्यो मोह देखाउथे। अब त सिधै प्रस्ताब राख्न थालेछन।

स्रोतका अनुसार प्रधानमन्त्रि कोइरालाले हिजो आफुलाई राष्ट्रपति स्विकार गर्न माओवादी समक्ष प्रस्ताब गरेका छन।  त्यस्तो प्रस्ताब लिएर उनका विश्वासपात्र ग्रिहमन्त्रि क्रिष्ण प्रसाद सिटौला माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न गएका थिए। सिटौलाले कोइरालाको भनाई प्रचण्डलाई सुनाए।  सिटौलाले प्रचण्ड समक्ष यदि कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति स्विकार गरिए कोइरालाले नेपाली कग्रेसको सभापति त के पार्टीको साधारण सदस्यसमेत त्याग्न तयार रहेको बताएका थिए।

नेकपा एमाले र नेपाली काङ्ग्रेसले राष्ट्रपति र प्रधानमन्त्रि फरक फरक पार्टीको हुनुपर्ने तर्क अगाडि सारेपछि माओवादीले नागरिक समाजका कुनै स्वतन्त्र व्यक्तित्वलाई प्रधानमन्त्रि मान्न तयार रहेको बताएको थियो। त्यसो नभए, यदि कुनैपनि राजनितिक दलका नेता राष्ट्रपति बन्ने हो भने उसले आफ्नो पार्टीको जिम्मेवारी र पद त्याग्नुपर्ने शर्त राखेको थियो। माओवादीले त्यस्तो शर्त फ्याकेपछि कोइरालाले माओवादीको पछिल्लो शर्तसग मिल्ने गरि राष्ट्रपति हुनका लागि पार्टीनै परित्याग गर्न तयार रहेको जाल फालेका हुन।

माओवादी अध्यक्ष प्रचण्डले भने कोइरालाको उमेर र स्वास्थ्यका कारण नया नेपालको राष्ट्रपति जस्तो गहन जिम्मेवारी उनले पुरा गर्न नसक्ने बताउदै अस्विकार गरेको स्रोतले बताएको छ। कारण त्यस्तो दिएपनि गिरिजा प्रसाद कोइरालालाई शक्ति सम्पन्न राष्ट्रपति बनाएर माओवादीलाई सरकार सञ्चालनमा लगाम लगाउने र आफु अनूकुल कोइरालालाई प्रयोग गर्नकालागि बिदेशी इशारामा उनी प्रधानमन्त्रि बन्न खोजेको माओवादीको भित्रि आशय रहेको माओवादीहरु बताउछन। त्यहि कारणले हुनुपर्छ-माओवादीहरु भने बरु अन्य जुनसुकै बिकल्पका बारेमा सोच्ने तर कुनैपनि हालतमा कोइरालालाई राष्ट्रपति नमान्ने अडानमा छन। त्यसैलेपनि  कोइरालाको पछिल्लो धोको भने अपुरै रहने छाटकाट देखियो।

तपाइँको प्रतिक्रिया