तपाईले पढेको स्कूलपनि यस्तै थियो कि ?

गिता घिमिरे 

DSC00298

डोटी जिल्लाको एक बिद्यालयको कोठा हो यो । यस्तै हुन्छन् सूदुर पश्चिमका धेरै बिद्यालयमा कक्षा कोठा । न बेञ्च न त डेस्क नै । भित्तामा अड्याएका केहि फलेकमा बस्छन् वालवालिका । तिनै फलेकपनि सबैलाई पुग्ने हुँदैन र भूइँमै लड्छन् । अनि कक्षा कोठामा झ्याल भएपनि सानो हुन्छ यहि पाराको । तपाई र हामीले पढेको बिद्दालयपनि यस्तै थियो कि ? सायद तपाई र हाम्रो जिवनमा भने यस्तै विद्दालयमा पढेपनि परिवर्तन निकै आयो होला । तर यो विद्दालयमा भने कहिल्यै आएन ।

फूर्सदको बेला कि त ईन्टरनेट कि चाखलाग्दा पाएँ भने पुस्तक पढेर बिताउन मन लाग्छ मलाई । यो पुस्तक निस्किएर निकै चर्चा परिचर्चा सुनेकि हुँ पहिलेनै । तर निकै पछि अहिले बल्ल जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म भन्ने किताब हात लाग्यो । किताब पढ्ने क्रममा कति पटक मेरा आँखा रसाए । मन पोल्यो । आत्मा हुट्हुटियो ।

किताबमा विशेषगरि बालबालिकालाई पढ्ने बानीको विकास गर्ने उद्धेश्यले गाँउ गाँउका विद्यालयहरुमा पुस्तकालयका लागि किताबको सहयोग बारे छ । नेपालका वालवालिकालाई त्यस्तो काम एक नेपाली नभएर पराई मूलुकको, दूर क्षितिजको कुनै एक पराई भनिने मानिसले गरिरहेको छ । एउटा बिदेशीले नेपालीलाइ त्यति बिघ्न गरेको सेवा देख्दा मनमा ठूलो आँधी आए जस्तोपनि भयो । त्यो आँधीले मैले काम गर्ने दौरानमा आफुलाई गरेको वाचालाई ताजा बनायो ।

B006~1[1]

(स्कूल गएपनि कापी कलम चलाउँदैन यहाँका धेरै वालवालिका। यसैगरि ढुंगा र माटोसित खेल्छन् स्कूल बाहिर निस्किएर)

हुनत मैलेपनि सुदुर पश्चिमका केही विद्यालय निरिक्षण गर्ने मौका पाएकी थिएँ । त्यस बेला विद्यालयका जिर्ण अवस्थाले हाम्रो समाज, हाम्रा नेता, हाम्रा अभिभावक, हाम्रो प्रशासन र हामी पाका नेपालीहरुलाई धेरै पटक धिक्कारे जस्तो महशुस भएको थियो । मैले देखेका विद्यालयमा गतिलो कक्षा कोठा पनि नरहेको । एउटा सानो कोठा जसमा एक कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीलाई सँगै राखी एउटै शिक्षकले पढाउने गर्दछन् । कतिपय विद्यालयमा शिक्षक विदामा गएको वर्षदिन पुग्न थालेको हुन्छ । विद्यालय भने पीउनले संचालन गर्ने जिम्मा लिएका हुन्छन् । शिक्षकको अभावमा पुस्तक र कापी कलमसित होइन धुलो र ढुंगाका टुक्रासित रमाउँछन् हाम्रा केटाकेटी ।

B004~1[1]

(यस स्कूलमा न्युन सुबिधापनि छैन। वालवालिका एक कक्षादेखि तिनसम्मका एउटै कक्षामा बसेर पढ्छन्)

DSC01716[1]

                                 (यो चाहिँ सरहरुको कार्यालय)

डोटी जिल्लाको एक दूर्गम विद्यालयमा निरिक्षणका लागि पुगेकि थिएँ म एक पटक । विद्यालयको भौतीक सुविधाका नाममा एउटा सानो दुई कोठे भवन र एक कालोपाटी । पिउने पानी, चर्पी जस्ता विद्यालयका आधारभुत आवश्यकता पनि यहाँका विद्यार्थीका लागि नौलो थियो । केही समयको विद्यालय निरिक्षण पछि विद्यालय प्र.अ सँग छलफल गर्नुपर्ने भएकाले विभिन्न तथ्याङ्क मागें । थाहा भयो – विद्यालयका प्र.अ. तर्राई झरेको सात महिना भयो रे । विद्यालय पीउन र निजी स्रोतबाट राखिएका एक शिक्षकद्धारा संचालनमा रहेछ । पीउन र शिक्षक क्रमश आठ र दश कक्षा पढेका । अब यी विद्यार्थीको भविष्य कतातीर जाने ?

के यी विद्यार्थीले काठमाडौं अथवा महंगा विद्यालयमा पढेका विद्यार्थी जहाँ हरेक विषयका फरक शिक्षक हुन्छन् त्यहाँका सित प्रतिस्पर्धा गर्न सक्छन् ? कापी र कलम भन्दा कम्प्युटरमा देखाएर, त्यसैमा सिकाएर पढाइन्छ । त्यसता विद्यार्थीसँग पिउनले पढाएका बिद्दार्थीले कुनैपनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्लान ? यस्ता बिद्दार्थीको स्तर दश कक्षा पुगुन्जेल कस्तो रहला ? अनि यिनलाई काठमाडौंका प्रयोगशाला, कम्प्युटर र फरक विषयका भिन्नै शिक्षक दिएर बिभिन्न सुबिधामा पढाएका बिद्दार्थी सरह परिक्षा लिने र उहि स्तरमा हेरिने गर्नाले यस्ता बिद्दार्थीको भविष्य के हुने ? सुरक्षित रहला तिनको स्थान ?

सबै विद्यालय तथा परिवार खराब नै हुन् अथवा छन् भन्ने मेरो मनसाय होइन । केही सकारात्मक पक्षपनि जनतामा आएको छ । कतिपय गाँउमा जनताले श्रमदान गरेरैपनि विद्यालय निर्माण गरेका छन् । निजि स्रोत संकलन गरि शिक्षक भर्ना गरेका छन् । तर अधिकांश अवस्था मैले शुरुमा भनेजस्तै छ । गरिबि र बेरोजगारी बढदै गएको छ । महिलामाथि हुने भेदभावमा त्यस्तो उल्लेखनीय परिवर्तन पाएको छैन । यसको अर्थ निराश भएको होइन । मलाई अझैपनि देश परिवर्तनको ठूलो आशा छ ।

यसरी देशका ग्रामीण क्षेत्रको अवलोकन गर्दा, गाँउघर घुम्दा एउटै भावनाले मेरो मन मस्तिष्कमा डेरा जमाएको छ । कसरी ती नेपाली जनतालाई परिवर्तनको अनुभुती दिलाउने ? एउटा जिम्मेवारीको अनुभव हुने रहेछ । के राजनीतिक पार्टीहरु मात्र यसका लागि जिम्मेवार छन् त ? तपाई हाम्रो कर्तब्य मुकदर्शक बनि आलोचना मात्रै गर्ने हो त ?

अहिले यहाँ मैले चिन्ने एक मेरा साथी राकेशजीको समझना आयो । दुबाईमा काम गर्छन् उनी । आम्दानी त्यस्तो ठूलो नभएपनि उनले आफ्ना गाँउमा रहेका गरिब तथा जेहेन्दार पाँच विद्यार्थीलाई आर्थिक सहयोगमा अध्ययन गराउँदै छन् । त्यो एउटा थोपा हो । त्यस्ता धेरै थोपा मिलिदिए भने सागरै बनाउन नसकेपनि पोखरी बनाउन सकिन्छ । जुन पोखरीले धेरै असहाय वालवालिकालाई शिक्षाको पानी र सुरक्षा दिन सक्छ । तपाई हामीले पनि आफुले छोडेको देश अथवा रहेको देशका लागि अब सोच्ने बेला आएको छ । मैले घुमेका विद्यालयका केही तस्वीर यी सबै भिन्न भिन्नै विद्यालयका हुन् ।

तपाइँको प्रतिक्रिया