राष्ट्रपति खाने? पार्टीबाट राजिनामा देउ-माओवादी
राष्ट्रपति र प्रधानमन्त्रि आफुले पाउनुपर्ने माओवादी दाबी । दुबै पद माओवादीलाई दिदै नदिने एमाले र नेपाली काग्रेसको रणनिति । यो रणमैदानमा हात माथि पार्न आज माओवादीले नया बिकल्प अगाडि सारेको छ । ल ठिक छ त नि हामी राष्ट्रपति छोडेर त्याग गर्छौ, तिमिहरुपनि त्यो पद नागरिक समाजको कुनै प्रतिष्ठित ब्यक्तिलाई देउ । त्यसो गर्दा हाम्रो चित्त बुझ्छ। तिमिहरुको टाउकोपनि नदुख्ला । प्रधानमन्त्रि र राष्ट्रपति दुइ भिन्न पार्टीका हुदैनन र सरकार सञ्चालनमा रडाको मच्चिदैन। त्यसमापनि चित्त बुझ्दैन भने यसो गरौ त नि भन्दै माओवादीले अर्को बिकल्प पनि सारेको छ ।
आफ्नै पार्टीको कुनै नेतानै चाहिन्छ भने लौ त नि ठिक छ राजनिति बुझेकै नेता सहि, तर पार्टी पदबाट राजिनामा देउ र बन राष्ट्रपति । माओवादीले “तिमिहरु पदका निमित्त मरिनमेटेको भए लौ त देखाओ त्याग” भन्दै यो बिकल्प अघि सारेका छन । कुनै पार्टीको नेता भएपनि राजिनामा दिएर राष्ट्र्पति बनेपछि उसमा निष्पक्षताको नैतिक जिम्मेवारीले थिच्छ भन्ने आसय हुनुपर्छ । कुनैपनि पार्टीको प्रमुख हुदै हुदैन भनेका छन उनीहरुले। यसको सङ्केत ठ्याक्कै के हो त थाह छैन तर मलाई भने मुलत राष्ट्रपति बन्न मरिमेटेका गिरिजा प्रसाद कोइरालातिर लक्षित गरेको जस्तो लाग्यो । यो बिकल्प प्रस्तुत गरे लगत्तै नेपाली काग्रेस र एमाले छफलफलमा जुटेका छन। अब एमाले र काग्रेसलाई अप्ठेरोमा पार्ने निश्चित छ किनभने एमाले र माओवादीको पुरै सिट जोड्दापनि माओवादीको जति पुग्दैन ससदमा । माओवादी नेता तथा सरकारका प्रवक्ता क्रिष्ण बहादुर महराले पार्टी सेक्रेटरियटको बैठकबाट निस्केपछि हाम्रा सहयोगीलाई बताएका हुन यो दोस्रो बिकल्प ।




