तरुनै बस्न मन छ ?

LeafyGreenVegetables[1]सागसब्जीले स्वास्थ्यको लागि राम्रो गर्छ भन्ने के गोप्य कुरो हो र ? तर हालसालैको अनुसन्धानबाट सागसब्जीको सेवन ब्रिद्दा अवस्थासँग संबन्धित हुने देखिएको छ । अमेरिकाको सिकागोस्थित रस (Rush University) विश्वबिद्यालयका अनुसन्धानकर्मीहरुको अनुसन्धानले के देखाएको छ भने सागसब्जीले दिमाग बिस्तारै क्षतीहुँदै जाने क्रमलाई घटाउँछ । बुढ्यौली कम गराउँछ । दिमागलाई सागसब्जीले तरुनो राख्छ, स्वस्थ भईन्छ अनि अन्य शारिरिक फाईदै फाईदा हुन्छ भने लाग्ने होइन त सागसब्जीतिर ?

यो तथ्य पत्ता लगाउन उनीहरुले ६५ वर्षदेखि माथिका १,९४६ बुढाबुढीमा अध्ययन गरेका थिए लगातार छ वर्षसम्म । अनुसन्धानमा सहभागि गराइएकाहरुलाई छोटो अवधिकालागि परिक्षण गरिएको थियो र तिनलाई केहि कथाका प्रसंगहरु दोहोर्‍याएर सुनाइएको थियो । जुन तिनिहरुलाई केहिबेर अघिमात्रै सुनाइएको कथा थियो । उनीहरुलाई विशेष जानकारी लेखिएको कार्ड देखाएरपनि परिक्षण गरिएको थियो । ति कार्डमा विविध खाले संकेत र नंबर थिए । थोरै सागसब्जी खाने सहभागिहरुले बिस्तारै परिक्षणका क्रममा सोधिए अनुरुप गर्दा दिमाखको क्षमता घट्दै गयो । तर दिनमा दुई पटक भन्दा बढि सागसब्जी खानेको दिमागको क्षमता भने सागसब्जी कम्ति खाने वा दैनिक खाँदै नखानेको तुलनामा ४० प्रतिशत कम घटेको पाइयो ।

त्यसको अनुसन्धान गर्ने प्रमुख अनुसन्धानकर्ता मार्था क्लेयर् मोरिसले बेस्सरि सागसब्जी खानेहरु कम्तिमा पाँच वर्ष तरुनो रहने गरेको बताए । सागसब्जी बढि खाने समूहका मानिस बढि सक्रिय, तन्दुरुस्त, दिमाख र शारिरिक स्वास्थ्यसँग राम्रो संपर्क भएका समेत पाइयो ।

जर्नल न्युरोलोजीमा प्रकाशित रिपोर्ट अनुसार पालुंगो लगायतका हरिया पात भएका सागसब्जी खानु सबैभन्दा फाईदाजनक भएको उल्लेख छ । त्यस्ता सागमा एन्टिओक्सिडेन्ट भिटामिन ई (antioxidant vitamin E) पाइने र त्यो भिटामिन शरिरकालागि एकदमै स्वास्थकर हुने दाबीपनि गरिएको छ । द सेभेन लज् अफ न्युट्रिसन् (The Seven Laws of Nutrition) का लेखक माईक एडम्सलेपनि के भनेका छन् भने सागसब्जीमा आधारित खाना दिर्घ आयुकोलागि सबैभन्दा उत्तम हो । त्यसले रोगलाग्न बाट बचाउँछ। तर मासु र बिभिन्न खाले दुग्ध परिकारहरु धेरै सेवन गर्दा भने उमेर चढ्दै जाँदा दिमागलाई धिमा गर्ने रहेछ । “यदि तपाई लामो आयु बाँच्न चाहनुहुन्छ, स्वस्थ भएर बाँच्न चाहनुहुन्छ, निरोगी रहन चाहनुहुन्छ भने आहाराको लागि सागपात बेस्सरि खाने गर्नुस” माईकले दाबी गरे।

तपाइँको प्रतिक्रिया