आज छोड्दै छन दरबार ज्ञानेन्द्रले

गणतन्त्र नेपाल घोषणागरि ज्ञानेन्द्रलाई नारयणहिटी छोड्न १५ दिन म्याद दिए लगत्तै ज्ञानेन्द्र gyanendra.jpgशाहले आफ्ना सामानहरु पोका पार्न थालेका थिए। यो समचार त मैले हिजै लेखेको हुँ। हाम्रो समाचार स्रोतका अनुसार दरबारमा सामान पोका पार्ने काम हिजो दिनभरि जसो भयो। तैपनि सकिएन। आजपनि बिहानै देखि थालियो र द्रुतगतिमा पोका कसिरहे दरबारका कर्मचारिहरुले। केहि सञ्चारमाध्यमहरुले उनी हिजै राती नारायणहिटीबाट बाटो लागेको बताएपनि उनी अझै त्यहिँ छन। त्यहाँ आफ्ना महत्वपूर्ण सामानहरु मिलाउने काम भइरहेको छ। सम्भवत त्यो काम सकियो भने आज छोड्नेछन उनले नारायणहिटी।

 उनी निर्मल निवास नगएर नागार्जुन दरबार जाने तरखरमा छन। नागार्जुनस्थित त्यो दरबार र रानी वनलाई सरकारले राष्ट्रियकरण गर्ने घोषणा गरिसकेको हो। तैपनि उनि तत्कालकालागि त्यतै जाने भएका छन उनी। यदि सामान पोका पारेर नसकिए उनी एकाध दिन त्यहिँ रहन सक्छन। तर सकभर तुरुन्तै नारयणहिटी छोड्ने मनशायमा उनी रहेको हाम्रा सहयोगिलाई दरबार स्रोतले बताएको छ।

तपाइँको प्रतिक्रिया