हारेका नेपालनै सबैलाई चाहियो ?
आखिर हारेका माधव नेपाल न हुन, तैपनि यिनैलाई किन बनाउनुपर्ने सबैले निशाना ? के छ दुबै
ठाउँबाट हारेका माधव नेपालमा र सबैले यिनलाई निशाना बनाउने ? जनताले नपत्याएका भनिएका यिनि किन नभइ भएनन ? किन चाहियो यिनि प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला र माओवादी प्रचण्ड दुबैलाई ? हो, कोइराला र प्रचण्ड दुबैको हारालुछ जस्तै भएको छ प्रस्ताब राख्न। दुबैले उनलाई सम्बिधान सभा सद्स्य बन्न राखेका छन प्रस्ताब।
आज कोइरालाले भेटे-प्रमुख दलहरुको भागबण्डा अनुसार परेको २६ जना मनोनित सभासदमा बस्न आग्रह गर्दै। कोइरालाले सभासद मात्रै हो र ? सम्बिधान निर्माण समितिको अध्यक्षनै भएर त्यसलाई नेत्रित्व गर्न प्रस्ताबनै गरे। तर कोइराला जस्तै कुर्सिका भोका माधव नेपाल भए पो ! उनले ठाडै अस्विकार गरेको हाम्रो स्रोतले बताएको छ। तर यसको भित्रि कारण के होला ? संभावित ब्यक्तिहरु सबैलाई थान्को लगाएर अफु गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने कोइरालाको दाउ।
त्यसैगरि माओवादी प्रचण्डले पनि नेपाललाई २६ जना मनोनित मध्यबाट सभासद बन्न प्रस्ताब गरेछन। उनले त झन त्यो प्रस्ताब अस्ति भएको सात दलको बैठकमै राखेका रहेछन। माधव नेपालसँग २०४७ सालको संबिधान निर्माणको अनुभवसमेत भएकालेपनि कोइरालाले उक्त प्रस्ताब गरेका हुनसक्छन। माओवादीका निम्ति नेपाल भने वाम तालमेल पक्षधर र एमालेमा तुलनात्मक रुपमा माओवादीप्रति सकारात्मक मानिन्छन।




