झर्ने भो त्यो गोमन सर्पको विषालु दाँत

king-gyanendra.jpg

राजाले प्रत्यक्ष शासन लिएपछि संसारभरि त्यसको बिरोध गरे प्रजातन्त्रप्रेमी नेपाली तथा बिदेशी मित्रहरुले। राष्ट्रको ढुकुटि रित्याएर यूरोप भ्रमणमा आएका बेला त्यसको डटेर बिरोध गरे पेरिसका लोकतन्त्रप्रेमी नेपालीहरुले। पारस शाहलाई कालो झण्डा देखाउने दिन यो एउटा प्रतिकात्मक कार्टूनपनि लगाएका थिए एक जना नेपाली कलाकार सुरेश लामाले। त्यतिबेला यहि कार्टून लगाएको झोंकमा तत्कालिन शाही राजदूत प्रज्वल्ल शमशेर राणाले नेपाल फर्किँदा कारवाही गर्ने धम्कि दिएका थिए। साँच्चिकै उनी किलर कोब्रा (गोमन साँप) नै रहेछन। त्यहि गोमन सर्पलाई भोलीदेखि नेपाली जनताले समातेर सधैंका लागि विषालु दाह्रा निकाल्दै छन। गणतन्त्र संस्थागत नभएसम्म यो सतर्कता (BE CAREFUL ! ) सधैं औचित्यपूर्ण रहनेछ।

तपाइँको प्रतिक्रिया