दौडिए पारस दरबारतिर
अस्तिसम्म सायद कमल थापाको धाकधम्कि र बाबुको घुर्किले काम चल्ला भन्ने लागेको हुँदो हो। जोगीहरुको जुलुस र भारतिय हिन्दुहरुको चमकधमकले राजतन्त्र जोगिएला र राजा हुन पाइएला भन्ने आशा हुँदो हो पारसलाई। राजनितिक दलहरुबिच मत भिन्नता भएकै छ, प्रधानमन्तिपुत्रिले राजतन्त्र जोगाउने भएकै छिन। वयोब्रिद्द नेता क्रिषण प्रसाद भट्टराई त राजतन्त्रसँग सतिजान तयार नै छन। आफ्नो र आफ्नो लागि मात्रै बफादारी गर्ने त्यत्रा सैनिक भएपछि राजतन्त्र फाल्न त उईस……… भन्ने लागेको हुँदो हो पारस शाहलाई। तर ति सब सपना चकनाचुर भएछन पारसका। राजनितिक दलहरुले एक भएर गणतन्त्र पारिद गर्ने घोषणा गरेपछि पारस शाहमा बेचैनी बढेछ। निर्मल निवासमा बस्दै आएका उनी अहिले नारयणहिटी राजदबार छिरेको स्रोतले बताएको छ।
स्रोतले दिएको जानकारि अनुसार उनी त्यहाँ आफ्ना पिता ज्ञानेन्द्र शाहलाई भेट्न हतारिएर छिरेका छन केहिबेर अघिमात्रै। गणतन्त्र घोषणा गरि नारायणहिटीलाई संग्राहलयमा परिवर्तन गर्ने राजनितिक पार्टीहरुको निर्णयका बारेमा अन्तिम राजाका रुपमा रहेका आफ्ना पितासँग छलफलका लागि नारायणहिटी छिरेका हुन। उनले के के कुरा गर्ने छन होला ? के साँच्चिकै कुनै खाले “कु” को दुष्प्रयास गर्ने छन बाबु छोराले ? त्यसको खबर पाउनभने केहि समय कुर्नै पर्ला।




