हारेकि सुजातालाई चाहियो सभासद ?
यो कोइराला परिवार भनेको त गज्जवको रहेछ। देश, जनता, मतदाता, कानुन र नियम भनेकै कोइराला परिवार मात्रै कोइराला परिवार भन्ने ठान्ने रहेछन। चुनावमा सर्वनाक हार खाएकि सुजाता खुरुक्क राजनिति त्यागेर जर्मनीतिर जोस्ट परिवारमा नफर्किएर अझै सभासद बन्न तछाडमछाड पो गर्दै रहिछन। अचम्म छ बा ! अनि महान प्रधानमन्त्रि गिरिजा पनि गज्जबकै रहेछन। अझै प्रधानमन्त्रि बनाउला भन्ने दाउ रहेछ कि जनता माझ गन्हाएकि र जनताबाट तिरष्क्रित आफ्नी छोरीलाई। उनले आज आफ्नी छोरी सुजाता र भतिज शेखरलाई सबै पार्टीको सहमतिमा प्रधानमन्त्रिले चुन्ने २६ जनाभित्र पार्न प्रताव गरेका छन। जनताबाट नपत्याइएकि उनी अब बाबुको शक्ति दुरुपयोग गर्दै ससदमा छिर्ने होलिन थप बखेडा झिक्नलागि।
त्यसैगरि, डा रेणु राजभण्डारी, महेश चौधरी, झक बहादुर थापा, धन बहादुर गुरुङ छानिने भएका छन । एउटा स्रोतले त के भनेको छ भने पत्रकार ऋषी धमला माओवादी कोटाबाट पर्न कोसिस गरिरहेका छन। यो अलि अपुष्ट नै हो है खबर चाहि। एमालेको तर्फबाट विष्णु पौडेलले नेत्रित्वगर्ने निश्चित जस्तै भएको छ। भुतलमा फेला पर्न मुश्किल पर्ने पार्टी भएपनि सिपी मैनालीले पनि एक सिट पाउने भएका रहेछन मन्त्रि पद। उनको पार्टी नेकपा (माले) को तर्फबाट डम्बर श्रेष्ठ मन्त्रि बन्ने भएको बताइएको छ।




