नारायणहिटी के को छोड्थे गुल्म थप्दै छन राजा

ज्ञानेन्द्रले नारायणहिटी छोड्ने आशा र अनुमान गरिएपनि उनी छोड्ने पक्षमा गएका छैनन। gyanendra.jpgराजामा झन द्रिढ आत्मविश्वास पलाएको देखेको भन्ने राजानिकटका ब्यक्तिहरुले दिएको छनकमात्रै होइन, दरबारको सुरक्षा झन बढाएकालेपनि उनी हत्त पत्त छोड्ने पक्षमा छैनन भन्ने देखिन्छ। किनभने उनका पछिल्ला क्रियाकलापबाट राजा माओवादीले चाहेको दिशातिर अगाडि बढ्न चाहेका छैनन भन्ने देखिन्छ। बरु नारायणहिटी दरबार, नागार्जुन र निर्मल निवासमा एक-एक गुल्म सेना थपेर उनले आफ्नो सुरक्षा घेरालाई अझ बलियो बनाएका छन् । साथसाथै नेपाल सरकारले उनको नामबाट सरकारका नाममा नामसारि गरेको भन्ने कदमलाई चुनौतिपनि दिएका छन। यदि सहज रुपमा नारयणहिटी छोड्ने भए छोड्ने बेलाको नारयणहिटीलाई किन चाहियो थप गुल्म ? किन बढाउनुपर्‍यो थप सुरक्षा  दलहरुले नारायणहिटी छोड्नुपर्ने माग गरिरहँदा उनले गुल्म थपेर दल र जनतालाई चुनैति दिए। नारायणहिटी छोड्ने होइन बरु अझ सुरक्षाका साथ बस्छु भन्ने उनले देखाउन खोजेको हुनसक्छ। 

त्यसैगरि, केहि देशका कुटनितिज्ञहरुलेपनि राजालाई दरबार नछोड्न उक्साइरहेको बताइन्छ। जानकारहरुका अनुसार खासगरि माओवादीहरुमाथि चुनौति थप्न र उनिहरुलाई सरकारमा जान नदिन अमेरिका लगिपरेको छ। उसले राजालाई नारायणहिटी नछोड्न उक्साइरहेको छ। नेपाली कांग्रेसलाई माओवादीसँगको निकटता तोडाउन पनि अमेरिकाले प्रधानमन्त्री लगायतका केहि नेतालाई उचालिरहेको छ। केहि जानकारहरु पछिलो समयमा नेपाली कांग्रेसका नेताहरु माओवादीसँग बढि आलोचनात्मकरुपमा प्रस्तुत हुनु, सरकार नछोड्ने अडान लिनु र सरकार गठनकालागि सात शर्त राख्नुमा त्यहि भूमिकाले काम गरेको विश्वाश गर्छन। गिरिजा प्रसाद कोइराला स्वयंले राजालाई नारयणहिटी नछोड्न भित्रि सल्लाह दिएको भन्नेहरुपनि प्रशस्तै छन। गणतन्त्र घोषणाको पक्षमा देखिएपनि प्रधानमन्त्रि कोइरालाले स्पष्ठरुपमा राजालाई नारायणहिटी छोड्न आव्हान गरिहालेकोपनि देखिँदैन। राजाप्रतिको उनको मौनताले पनि त्यसै गरि बुझ्न बल पुर्‍याएको छ। यद्दपि त्यो सहि हो भन्ने अवस्था भने छैन किनकि प्रधानमन्त्रिका हैसियतले उनले थप द्वन्द ननिम्त्याउन नखोजेको पनि हुनसक्छ दरबारसँग।
 

त्यसो त, राजाले नारायणहिटी छोड्नुपर्ने स्पष्ठ आव्हान एमालेका प्रदिप ज्ञवाली र शंकर पोखेरेल लगायतका केहि नेताबाट गरिएपनि एमालेबाट सांगठनिकरुपमा गरेको खासै देखिँदैन। जसले गर्दापनि राजालाई अटेर गर्न बल मिलेको बताइन्छ। यदि माओवादीलाई कुनैपनि हालतमा सरकारमा जान नदिने अमेरिकि निति र योजना सफल भएमा त झन सिंहदरबार छोड्ने त के बरु कुनै न कुनै तरिकाले राजतन्त्र टिकाउन सकिन्छ भन्ने निष्कर्षमा राजा पुगेको बताउँछन जानकारहरु।

तपाइँको प्रतिक्रिया