खुलेआम भइरहेछ ज्यानमारा काम

संगीता पाण्डेय 

औषधि विज्ञानबारे बिलकुलै ज्ञान नभएका, राज्यबाट अनुमति नपाएका भारतीय औषधि व्यवसायीले बुटवलका सहरमा बिरामीकोउपचारगर्नेदेखि औषधि बेच्नेसम्मको काम गर्दै आएका छन् जनस्वास्थ्य बिरामीको ज्यानमाथि खुलेआम खेलवाड भइरहँदा पनि प्रशासन अन्य सरोकारवाला निकाय चुपचाप छन्  

 बुटवल/ औषधि व्यवसाय सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट ओरियन्टेसन तालिम लिएको हुनुपर्ने अनिवार्य व्यवस्था आयु फार्म, बी फार्म गरेर विभागबाट प्रमाणपत्र पाएकाले पनि औषधि व्यवसाय गर्न सक्छन् स्वास्थ्य सेवा विभाग स्वयंले यही जानकारीको प्रचारप्रसार गर्ने गर्दछ तर, केही वर्षयता बुटवल नगरपालिकाभित्रका राजमार्ग चौराहा, मिलनचौक, पुष्पलालपार्क, बसपार्कलगायतका क्षेत्रमाबिरामी निको पार्नेबहानामा बसेका भारतीय औषधि व्यापारीहरूसँग विभागले भनेजस्तो कुनै प्रमाणपत्र छैन तर पनि उनीहरू खुलेआम औषधि बिक्री गरिरहेका छन् सम्बन्धित निकायले यसमा चासो नै देखाउँदैनन् या देखाउनै चाहँदैनन् यसले उपभोक्ता ठगिने मात्रै होइन, धेरैको स्वास्थ्य ज्यानमाथि नै खुलेआम खेलवाड भइरहेको बुझ्न सकिन्छ  

भारतीय औषधि व्यापारीहरूले औषधि बिक्रीवितरण गर्न कुनै तालिम पनि लिएका छैनन् स्वास्थ्य जाँच गर्ने कुनै उपकरण पनि उनीहरूसँग छैन सडक छेउमा पाल टाँगेर बनाइएको साँघुरो झुप्रो, त्यसभित्र केही जडीबुटी रसायनका केही डिब्बाहरू छन् तर पनि उनीहरू दिनहुँ दर्जनौं बिरामीको उपचार गरी हजारौं रुपैयाँको औषधि बिक्री गर्छन् उनीहरूको बिरामी जाँच्ने औषधि दिने तरिका पनि बेग्लै नाडी छामेकै भरमा भयानक रोग लागेको मौखिक प्रेस्क्रिप्सनबनाउँछन् , अनावश्यक औषधि भिडाएर हेर्दाहेर्दै ठग्छन् सामान्य बिरामी आएपछि पनि एकजनाबाट रु. सयदेखि पाँच हजारसम्म असुल्ने गरेको उनीहरू स्वयं हाकाहाकी बताउँछन्  

बिरामी जाँच्ने औषधि बेच्ने उनीहरू सबै भारतीय नागरिक हुन् उनीहरूको औषधि बनाउने बेच्ने पुस्तौनी पेसा हो रूपन्देहीको मिलनचोक, सुख्खानगर देवीनगरमा पाल टाँगेर तीन वर्ष अघिदेखि औषधि बिक्री गर्दै आएका भारत गोरखपुरका राजीव सिंह भन्छन्, ‘ पुर्खाहरूबाटै काम सिकेका हौं, त्यसैले अरू तालिम किन लिनुपर्यो ? ‘  

यही पुर्खौली पेसाको आडमा उनीहरू नेपालीलाई अन्दाजमा औषधि बेचिरहेका छन् बुटवलको व्यस्त सडक मिलनचोकमा पाल टाँगेर औषधि बेच्दै गरेका व्यापारी राकेश अग्रहरि झन् बिरामी देखेकै भरमा रोग पत्ता लगाउने हावादारी कुरा गर्छन् औषधि व्यवसाय सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभागबाट कुनै तालिम नलिएका कुनै प्रमाणपत्रसमेत नभएका उनीहरूले नेपालका दुर्लभ जनावरका शारीरिक अङ्गहरूसमेत खुलेयाम बेचिरहेका छन् हामीहरूसँग कस्तुरी सतको गोली, घडियालको नाभी आदि नामका वस्तुहरू छन् यी केही नेपालका सिकारीसँग केही भारतबाट नै किनेर ल्याउँछौं,’ राजीवले डिब्बा खोलेर देखाउँदै भने, ‘यी नेपालमा नपाइने भएकाले भनेको मोलमा बिक्छन्  

उनीहरू पेट, दाँत दुखेदेखि क्यान्सर एचआईभी/एड्ससम्मको उपचार गर्ने दाबी गर्छन् बुटवल बसपार्क अगाडि पाल टाँगेर औषधि बेच्ने हरजित सिंह भन्छन्, ‘नेपालका डाक्टरकहाँ उपचार गर्राई उनीहरूले दिएको औषधि खाँदाखाँदा वाक्क भएका सञ्चो नभएका धेरैजसो बिरामीलाइ सन्चो पनि हुने गरेको तर, विडम्बना, उनको कुरा सुनेर एक हप्तासम्म पसल वरपर निगरानी गर्दा त्यहाँ निको भएका बिरामीहरू एउटै पनि भेटिएनन् बरु दोस्रोचोटि आउने सबै बिरामी निराश देखिए पाठेघर खसेर उपचारका लागि दुइ महिनादेखि यहीँ आउँदै गरेकी बुटवल नगरपालिका१३ देवीनगरकी सकुन्तला दर्जीले निराश हुँदै भनिन्, ‘तीन हजारभन्दा बढीको औषधि खाइसकें खै बीसको उन्नाइस भएन पहिले ठ्याक्कै निको हुन्छ भन्थे अहिले अझै दुइ हजारको औषधि खाए निको होला भन्छन्  

चिकित्सकहरूका अनुसार उनीहरूले जथाभावी औषधिको बिक्रीवितरण गर्दा जनस्वास्थ्यमा ठूलो असर परेको यद्यपि नियन्त्रण गर्ने निकाय भने मौन छन् नियन्त्रण गर्नुपर्ने सरोकारवाला निकायहरू आफ्नो काम होइन भन्दै पन्छिने अरूमाथि नै जिम्मेवारी थोपर्ने गर्छन् लुम्बिनी अञ्चल अस्पताल बुटवलका डा. प्रकाश बुढाथोकी भन्छन्, ‘सरोकारवालाको यो चाला दोषारोपणले र्सवसाधारणको स्वास्थ्यमा गम्भीर असर परिरहेको बदलामा ठगी खाने भारतीय औषधि बिक्रेताहरू भने दिनानुदिन मालामाल बन्दैछन्  

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार औषधि व्यवसाय सञ्चालन गर्नका लागि अनुमति नै नपाएका भारतीय औषधि बिक्रेताहरूले औषधि बेच्नु ठाडै नियमकानुनविरोधी काम हो तर, सडकपेटीमा बस्ने नेपाली र्सवसाधारण बिरामीलाई ठग्ने भारतीय औषधि विक्रेताहरूलाई कारबाही गर्ने अधिकार जिल्ला जनस्वास्थ्य कार्यालयलाई छैन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र खनालले भने, ‘यसबाट जनस्वास्थ्यमा सोझै असर परेकोले नियन्त्रण गर्न जरुरी तर, त्यो प्रमुख जिल्ला अधिकारी क्षेत्रीय स्वास्थ्य निर्देशकको मातहतको काम हो, उनीहरूले निर्देशन नदिई हामीले अनुगमनसमेत गर्न मिल्दैन रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्ले सीमावर्ती क्षेत्र भएको उनीहरूसमेत हप्तैपिच्छे ठाउँ साटीसाटी औषधि बेच्ने गरेकाले अनुगमन कारबाही गर्न गाह्रो भएको तर्क दिन्छन् उनी भन्छन्, ‘तैपनि नजिकको इलाका प्रहरी कार्यालय इलाका प्रशासनलाई उनीहरूलाई धपाउन आदेश दिएका छौं, केकस्तो भयो बुझ्न बाँकी  

नेपाल औषधि व्यवसायी सङ्घका अनुसार बेनियममा भारतीय नागरिकहरूले औषधि बेच्ने बिरामी जाँच्ने गर्दा औषधि व्यवसायमा आश्रतिहरूलाई समेत असर परेको औषधि व्यवसायीहरू गैरकानुनी काम गरिरहेका भारतीय औषधि व्यापारीमाथि कारबाही हुनुपर्ने माग गर्छन् लुम्बिनी आयुर्वेदिक औषधालयका प्रमुख डा. नगेन्द्रप्रसाद मिश्र जथाभावी औषधि बेच्नेहरूको नियन्त्रणको जिम्मा लिने हेर्ने काम औषधि व्यवस्था विभागको भएको बताउँछन् सङ्घले धेरैपटक विभागलाई जथाभावी औषधि बेच्ने भारतीय नागरिकमाथि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्न आग्रह गरे पनि विभागले यतापट्ट चासो नै नदेखाएको उनको आरोप हामीले मेडिकल काउन्सिललाई पनि भन्यौं, प्रशासनलाई पनि आग्रह गर्यौं, कहीँबाट केही भएन,’ डा. मिश्र भन्छन्, ‘त्यसैले पनि यो समस्या घट्नुभन्दा बढ्दै गएको हो  

यसरी औषधि बेच्ने व्यवसायीसँग लाइसेन्स भएनभएको, औषधि भन्सार तिरेर ल्याएको होहोइन, र्फम विभागमा दर्ता भएनभएकोसमेत प्रशासनले हेर्नुपर्ने हुन्छ डा. मिश्र भन्छन्, ‘त्यसैले जनस्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउने औषधि बिक्री भएको छैन भन्नेबारेमा पनि प्रशासनले नै अनुगमन गर्नुपर्दछ प्रमुख जिल्ला अधिकारीले आदेश दिएको औषधि व्यवसायी सङ्घले अनुगमन गर्न भनिएको बताए पनि इलाका प्रशासन कार्यालयले यसबारे अनभिज्ञता जनाउनुले यहाँ एकले अर्कोलाई जिम्मेवारी थोपर्ने आफू उम्कने प्रयत्न मात्र गर्ने गरेको यथार्थ खुल्छ

साभार-संचारिका लेखमाला/महिला संचारिका समूह

तपाइँको प्रतिक्रिया