नेपाली बुद्धिजिवि डाक्टरको मानसिकता
–लक्ष्मी सापकोटा/बेलायत
देशको माटोमा आज अराजकताले राज गरेको धेरै भइसक्यो । जनता भोकमरी र बाढीको चपेटामा पिल्सिएकै छन् । रोग शोक र अन्योलको वातावरणमा दिनदिनै पिडा, डाहा र छटपटिका चित्कार बढ्दै जानेक्रम चुलिंदै छ । देशको सिमानामा दाँत गाडेका दानवहरु हाम्री नेपाल आमाको रगत र मासुमा रमिरहेका छन् र ति समस्यासंग सरोकार राख्ने वर्ग चुपचाप छन् । यस्तो भान हुन्छ कि उनीहरु यी समस्यासंग अनभिज्ञ छन् प्रत्यक्ष देख्ने र भोग्ने जनता मरेका मरेई छन् । उनीहरुलाई देशको केही परवाह छैन न जनताप्रति कुनै सहानुभूति नै छ आफ्नो उच्च ओहादाका कुर्शी बचाउनमै ब्यस्त छन् ।
हाम्रा नेताहरु अहिले “मै खाउँ, मै लाउँ, सुख सयल मोज म गरूँ, मै नाचूँ, मै बाँचु अरु सबै मरून दुर्बलहरू” भन्ने भनाइ चरितार्थ गर्दैछन । उनीहरुले देशको लागि जनाको लागि जे भने पनि आफ्नै छाती छोएर भन्दा आफ्नो आफन्तका लागि मात्र मरिमेटेका छन् । १-२ दिन अघिको नयापत्रिका.कम हेर्ने हो भने त्यसमा भएको एउटा लेख पढ्दा जो कोहीलाई पनि नराम्रो लाग्नु स्वाभाविक नै हो । जसको कारण म यो लेख नलेखी रहन सकिन | त्यो लेख पढेपछि मलाई हाम्रो देश कुना दिशातिर गइरहेको छ भन्ने सोच्न बाध्य बनायो किनकि मान्छेले अब अरुको उपकार गर्ने त कुरै छोडीदिउँ संसारमा म सर्वश्रेष्ठ हुँ भन्ने अभिव्यक्ति खुले आम दिन थालेका छन् ।
डाक्टर भएर आफ्ना जीवनका कयैन दशक बिताएका, त्यहि पेशामा दाह्री जुँगा फुलाएका शिक्षितवर्ग ठानिएकाहरु आम जनमानसमा बितृष्णा जगाउने खालका अभिव्यक्ति दिनु कत्तिको उचित कति अनुचित ? कुरा त्रि. बि. शीक्षण अस्पतालको हो त्यहाँ काम गर्ने एउटा पियनको छोराले छात्रबृतिमा नाम निकाल्यो जसले गर्दा उच्च ओहदाका डाक्टरहरुलाई सहिसक्नु भएन त्यहि डाहा र आरिषका कारण उहाहरु अस्पतालमा काम नगर्ने र क्याम्पस पनि चल्न नदिने रे ,कारण उनीहरुकै शब्दमा “पियनको छोराले सित्तैमा डाक्टर पढ्ने, डाक्टरका छोरा छोरी किन पढ्न नपाउने ?” त्यस्ता अभिव्यक्ति कुन हद सम्म गिरेर दिए होलान ?
१ आम नेपाली जनताको भन्दा धेरै मानसम्मान र पैसा कमाउने डाक्टरले आफ्ना सन्तान पैसा तिरेर पढाउन सक्दैनन? नेपाली जनताले आफ्ना सन्तान पढाउन भविष्य जोखिममा राख्दै घरजग्गा समेत बेच्नु पर्ने हुनसक्छ तर त्यति धेरै पैसा कमाउनेहरुले त जनतालाई दिल खोलेर भन्न सक्नु पर्थ्यो कि गरिबका सन्तान पढ्न पाउनु भनेको त अरु धेरै मान्छे दक्ष उत्पादन हुनु हो । उनीहरुसंग साँच्चै डाक्टरको मन मुटु हुन्थ्यो भने दिल खोलेर भन्न सक्नु पर्थ्यो कि हामी हाम्रा सन्तान पैसा तिरेर पढाउछौ गरिबका छोरा छोरीले पढुन न कि कर्मचारीको र हाम्रो हैसियत कहाँ एकै हो र हामीलाई बिशेष व्यवस्था हुनु पर्छ ।
२ अभिव्यतिमा भनिएको छ हामी आम कर्मचारी भन्दा उच्च तहका हौ त्यसैले हामीलाई उनीहरुसंग दांजिनु हुन्न । हाम्रा छोरा छोरी चाहि पैसा तिरेर पढ्नु पर्ने अनि कर्मचारीका छोराछोरी छात्रबृतिमा पढ्ने ? उनले आयल निगमका र दूर संचारका कर्मचारीले कुनी के के गर्छन भन्ने कुरा पनि भन्न भ्याएका छन् । यसबाट प्रस्ट हुन्छ कि उनीलाई डा. हुनुमा कति घमण्ड रहेछ । आजको ८-१० वर्ष अगाडिसम्म जति् डा. भए उनीहरु सरकारी लगानीमा नै पढेका हुन भन्ने कुरा सुनिन्छ त्यसैले व्यत्ति विशेषको कुरा त मलाई थाहा छैन तर जो अहिले उनको तहमा डा. छन् उनीहरु त बिना पैसा नाम र दाम कमाई रहेका छन् ।
३ नर्सले आफ्ना छोरा छोरी नर्स पढाउने कोटा राख्नु पर्छ डा. पढ्ने होइन भनेका छन् त्यसो भए अब डा. बाहेक अरुका छोराछोरीले डा. पढाउन नपाउने भए । उनकै कुरा माथि पर्ने हो भने त एउटा किसानको छोरो किसान मात्र हुने भयो अनि प्रधानमन्त्रीको छोरोको लागि प्रधानमन्त्रीकै कोटा, मन्त्रीको छोरालाई मन्त्रि कै कोटा, इन्जिनिएरको छोरालाई इंजिनिएरको कोटा अनि अरु त्यस्तै……… । प्रतिफलमा जनताले रगत बगाएर ल्याएको गणतन्त्रमा ठूला बडाको राज अरु केहि होइन र जनताको लागि केहि रहन्न पनि !!
अन्तमा जो पियनका छोरा डा. पढ्न पाएका छन् उनले आफ्नी बिधवा आमाले दुख गरेर पढाए अनुसार मिहेनत गर्दै अब प्रतिस्प्रदामा अब्बल छानिए उनले गौरब गर्ने कि आफु पियेनको छोरा भएकोमा दुख मान्ने ? आफ्ना अग्रज अथवा भनौ गुरुहरुबाट के सिक्ने त ? भविष्यमा के को आशा राख्ने ?
यी सबै वास्तविकता हेर्दा लाग्छ नेपाली समाज र जनमानसमा डा. भनेका भगवान हुन् भन्ने महान भनाइलाई उनले कति अपहेलना गरे । त्यति मात्र नभएर यो उनको गरिब मानसिकताको उपज हो भन्ने प्रस्ट हुन्छ । अनि उनका छोराछोरी पैसाले मैमत्त भएर भएर आफ्नो सुख सयलमा रमेका अब डा. पढ्नु उनीहरुको लागि त्यति सहज नहुन सक्छ | बाबुको लोभ र लादिएको पढाइले उनीहरुको भबिष्य कता रुमलिने हो र अरु कति मान्छे खतरामा पर्ने हुन् भने सोचनीय विषय हो !!
कुनै गाली गलौज गर्नु परेमा





