रहस्य के भारतीय पूजारीनै नियुक्ति गर्नुको ?

[आन्दोलनरत कर्मचारीको तर्क नाजायज छैन । किनभने उनीहरुले कम्तिमा कार्य ब्यवस्था नियमावली अनुसार भारतीय र नेपालीबिच प्रतिष्पर्धा त गर्न पाउनु पर्छ नेपालीलाइनै सिध नियुक्त नगरेपनि भन्ने छ । ]

 माओवादी नेत्रित्वको सरकारले भारतीय पूजारीको साटो नेपाली पूजारी नियुक्त गरेको थियो । त्यतिबेला अधिकांश नेपालीले प्रशंसा गरे । माओवादीले नेपाली पूजारी नियुक्ति मात्रै गरेनन् कि पशुपतीमा कति पैसा उठ्छ तिर्थालुबाट र त्यो रकम कसरि भारतीय मुख्य भट्टले लुटेर चुसेर खान्छन् भन्नेपनि सार्वजनिक गरेका थिए। जे जसरि नियुक्त गरेपनि त्यो बेला वर्षौं वर्षदेखि हाम्रो पशुपतीमा हुँदै आएको भारतीय एकाधिकार, शोषण र राइँदाइँ तोडेका थिए । तर नेपाली कांग्रेस र एमालेलाइ चित्त बुझेन । माओवादी लोकप्रिय बन्ला भन्ने डरले उनीहरु तर्सिए सायद । अनि थाले उनीहरुले आन्दोलन । नेपाली भट्ट राख्ने माओवादी सरकारको निर्णयबाट पछाडि हट्नुपर्ने बनाए । अहिले नेपाली नागरिकलाई मुल पूजारी हुनबाट बञ्चित गरेर फेरिपनि भरतीय नागरिक नै नियुक्त गरेक छन् ।  पशुपती भारतीयको रजाइँ गर्ने थलोमा परिणत भएको छ ।

 सरकारले भारतीय पूजारी नियुक्त गरेपछि एक थरी कर्मचारी नेपाली पूजारी नियुक्त गर्नुपर्छ भन्दै आन्दोलनमा उत्रेका छन् । सरकार भने भरतीय पूजारी नियुक्त गर्ने निर्णय जायज हो भनिरहेको छ । यसमा भारतीय पूजारी नियुक्त गर्ने सरकार र आन्दोलनगर्ने पक्षका तर्क आआफ्नै छन् ।

 पशुपती विकास कोषको पूजारी नियुक्ति गर्ने कार्य व्यवस्था नियमावली निस्क्रिय भएकाले पशुपती क्षेत्र विकास कोष ऐन २०४४ अनुसार भारतीय पूजारी गिरिश भट्ट र राघवेन्द भट्टलाई नियुक्त गर्‍यो सरकारले । अनि पशुपती विकास कोषका कर्मचारीहरु नेपाली पूजारीलाई पुरै बन्देज गरेर भारतीयको दलाली गरेको भन्दै आन्दोलनमा उत्रिए । आन्दोलनरत कर्मचारीको तर्क नाजायज छैन । किनभने उनीहरुले कम्तिमा कार्य ब्यवस्था नियमावली अनुसार भारतीय र नेपालीबिच प्रतिष्पर्धा त गर्न पाउनु पर्छ नेपालीलाइनै सिध नियुक्त नगरेपनि भन्ने छ ।

यो जायज पनि हो । जब पशुपती विकास कोष कार्य ब्यवस्था नियमावलीनै निष्क्रिय छ भने किन फेरि भारतीय पूजारीलाइ सिधै नियुक्त गर्ने ? आफ्नो देशको मन्दिरको पूजारीले बिदेशीसित प्रतिष्पर्धा समेत गर्न नपाउने ? आफ्नै देशको मन्दिरमा नेपालीले पहिलो प्राथमिकता पाउनुपर्नेमा यहाँ त नेपालीले प्रतिष्पर्धा समेत गर्न नपाउने हदसम्मको निर्णय गरेर सरकारले भारतको दलाली र चाकरी गर्‍यो ।

 आन्दोलनरत कर्मचारीहरुले त त्यसलाई भारतीय विस्तारबादको रुपमा पनि आरोप लगाउने गरेका छन् । उता सरकारी पक्षले भने माओवादीले धर्मका नाममा राजनिति गरेको भनिरहेको छ । अहिले आन्दोलनरत कर्मचारीहरु माओवादी हुन् भनिरहेको छ । माओवादीलेपनि पशुपतीकाण्ड बिरुद्दको आन्दोलनमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरिरहेको छ । माओवादीहरुले भने सरकारमा संलग्न नेपाली कांग्रेस र एमालेले भित्र भित्रै आफ्ना कर्मचारी लगाएर भड्काउने र उत्तेजित गराउने गरेको आरोप लगाइरहेको छ ।

 वास्तबिकता के हो भने आन्दोलनमा माओवादी कार्यकर्तापनि छन् नै । तिनका जिल्ला र स्थानिय तहका कार्यकर्ताको संलग्नता देखेरै अनुमान गर्न मुस्किल छैन । उता नेपाली कांग्रेस र एमालेले पनि आफ्ना कार्यकर्ता परिचालन गरेका छन् । सरकारले सरकारी पहुँचपनि प्रयोग गरिरहेको छ । पशुपती वास्तवमा राजनितिक दलहरुको लडाई मैदान बनिरहेछ ।

 आम जनतापनि मुलत नेपाली पूजारीनि रहुन् भन्ने चाहन्छन् । कम्तिमा नेपालीले प्रतिस्पर्धा समेत गर्न नपाउने गरि किन नियुक्त गरियो भारतीय पूजारी ? जबकि सरकारले माओवादी सरकारका बेला नेपाली पूजारी आफु खुशि नियुक्त गरे भन्दै नेपाली पूजारीलाई हटाउने सम्मको आन्दोलन गर्नेमा त्यति बेला नेपाली कांग्रेस प्रमुख थियो र उसको पछाडि लागेको थियो एमाले । अहिले कांग्रेस र एमाले सरकारमा छन् । अनि उनीहरुले किन नेपाली पूजारी नियुक्त हुने बाटो बन्द गरेर भारतीय पूजारी नियुक्त गरे ? यसको पछाडि स्पष्ठरुपमा यो सरकार भारतीयको पक्षमा देखिएको छ । हाम्रो धार्मीक स्थलमा हाम्र नेपालीलाई पाखा लगाएर सरकार भारतीयहरुको दलाली गरिरहेको प्रमाण हो यो ।

 त्यसैले अहिलेको निर्णयमा सरकार पूर्णरुपमा चुकेको छ । त्यसलाई सुधार्नुको बिकल्प सरकारसित छैन । तर पशुपतीनाथ जस्तो धार्मीक स्थललाई हत्कण्ड बनाएर आन्दोलन र अनेक बहानामा धार्मीक आस्थाको केन्द्रलाई राजनितिक मैदान बनाउनुपनि उचित बने होइन चाहे त्यो जुनसुकै पार्टी वा समूह किन नहोस् ।

तपाइँको प्रतिक्रिया