ज्ञानेन्द्रको ३७ औ हनिमून

nepal-king-and-queen-nepalplus.jpgपत्तासाफ हुन हुनै आँटेका राजा ज्ञानेन्द्रले आज ३७ औं हनिमून मनाए। प्रत्यक्ष शासनबाट खुर्मुरिएपछि उनी फुर्सदिला बनेका छन। पशुपतिको दर्शन गर्न जाँदा ढुंगा मुढा गर्ने र कुमारीको दर्शन गर्न जाँदापनि सर्वसाधारणले सातो लिने गर्न थालेपछि उनले कसरि दिन काट्ने? उनलाई पारिवारिक संस्कार र धार्मिक धर्मकर्मले यति बेला साथ दिएका छन। आज त झन आफ्नै ३७ औं हनिमून को दिन। तर मरेकालाई जुम्रालेपनि छोड्छन भने जस्तै अहिले उनका ईष्ट मित्रपनि घटेका छन। उल्काउने, जग हाल्ने, उचाल्ने, सुराउने, चाकरी, चाप्लुसी र चम्चागिरि गर्ने केशरजंग रायमाझी मार्काकाको साथपनि हुने भएन। किनभने अहिले राजाको हातमा शासन छैन। त्यसैले निर्मल निवासमा पहिले जस्तो तामझाम, हा हु र खुशियाली भएन। निभेको आगो ताप्न को नै आउँछ र ? त्यसैले यो वर्षको हनिमून पार्टी उनलाई आफ्नै छोरा पारसले दिएका हुन। भोज निर्मल निवासमा थियो। भोजमा नेपाली टोपी सहितको राष्ट्रिय पोशाक लगाउन उर्दी थियो। पाहुनाहरु राजाका भान्जा भान्जी र आफ्नै नातागोता बढि थिए।साहेब, चौतारिया र रानी तर्फका नाता पर्ने कुन्दन राणा, श्रीनिवास राणा लगायतका केहि राणाहरुको पनि संलग्नता थियो। जम्माजम्मी गर्दा दुई सय जनाजति थिए निम्तालु। निर्मल निवासमा भोज भएपनि सहभागिहरु उतिसाह्रै खुशि थिएनन।  

आजै दरबारभित्र अर्को एउटा दुखद घटनालेगर्दापनि भोज खल्लो भयो। आजै धिरेन्द्र शाहका ज्वाई अभिनेश शाहलाई नर्भिक अस्पत्तालमा भर्ना गरियो। उनको नाकको एउटा प्वाल बन्द भएकाले शल्यक्रिया गर्नुपर्ने हुँदा त्यहाँ लगिएको हो। शल्यक्रिया त आज बिहानै गर्न खोजिएको रहेछ तर उच्च रक्तचापको समस्या भएकाले गर्न सकिएनछ आज बिहान।  त्यसैले आज निगरानीमा राखेर भोलि बिहान उनको शल्यक्रिया गरिने छ। शल्यक्रिया दरबारीया चिकित्सक भनेर चिनिएका श्याम बहादुर पाण्डेले गर्ने छन।

तपाइँको प्रतिक्रिया