सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण (विशेष भिडियो ब्लग)

first-helicopter-landing-on-everest-nepalplus.jpg

तपाईहरुले बिर्सिनु भएको छैन होला-विश्वको सर्बोच्च अग्लो हिमाल हाम्रो सगरमाथाको टुप्पोमा एउटा हेलीकोप्टर अड्याएको घटना। त्यतिबेला अर्थात मे २००५ मा त्यो घटनाले ठुलो चर्चा पाएको थियो । फ्रान्सेली एक हेलिकोप्टर चालकले सगरमाथाको टुप्पोमा लगेर एकुरोई/ए-स्टार एस ३५० बी ३ चपर भनिने हेलिकोप्टर अड्याएपछि नेपालमा निकै गर्मा गरम चल्यो सरकारी अधिकारीहरुबिच। फ्रान्सेली भाषामा एकुरोई भनेको लोखर्के हो। त्यो यूरोकोप्टर भन्ने कम्पनीको हेलिकोप्टर थियो। त्यतिबेला गैह्र कानुनीरुपमा हेलिकोप्टर लगिएको भने पर्यटन मन्त्रालयका अधिकारीहरुले। अनुमति नलिइकनै अवतरण गरेको भनेर दाबी गर्‍यो मन्त्रालयले। कार्वाही गर्नुपर्छ त्यो फ्रान्सेली टोलीलाई पनि भनियो। पश्चिमाहरु न हुन, त्यत्रो काम गर्दै नगरि किन हो भन्थे। तिनले दाबी गरे हो भनेर।  अनी त नेपालको नागरिक उड्डयन मन्त्रालय (CAAN) ले कुनैपनि हेलिकोप्टर सगरमाथाको टुप्पोमा अडिएकै छैन। त्यो भ्रम र कपोल्कल्पित हो पो भनिदियो झन। क्यानले फ्रान्सेली पाईलट डिडिय दालसेललाई सगरमाथा क्षेत्रमा परिक्षण प्रशारण मात्रै गर्न दिएको भनेर दाबी गर्‍यो। अझ एउटा जाँचबुझ समितिनै गठन गरेको दाबीसमेत थियो क्यानको त । त्यतिखेर मलाई संझना छ् कि नेपालका अधिकांश संचार माध्यमहरुलेपनि बिदेशीकै अलोचना गरे। वास्तविकता के रहेछ भनेर बुझ्नतिर लागेको देखिएन । क्यानले गरेको अस्विकार संबन्धि त्यो समाचारलाई नेपाल न्युजले प्रकाशित गरेको थियो त्यतिबेलै। त्यो समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। हिमाल बारे र खासगरि सगरमाथाका बारेमा समाचारहरु दिने एभरेष्ट न्यूजलेपनि सगरमाथाको टुप्पोमा हेलिकोप्टर अड्याएको समाचार होइन भन्ने दाबी गरेको रहेछ। त्यो समाचार यहाँ गएर हेर्नुहोस।
 

तर वास्तबिकता पश्चिमाहरुले जे दाबी गरे त्यहि रहेछ। हेलिकोप्टरले मे १५ र १६ मा गरेर दुई पटक सगरमाथाको टुप्पो चुमेको रहेछ। त्यो हेलीकोप्टर अवतरणको योजना नेपाली अधिकारीहरुले सजिलै होइन भन्न सक्ने गरि गरिएकोपनि रहेनछ। त्यो त लामो तयारि,धेरै सुझबुझ, अक्किल र सबै खाले सरकारि ऐन र कानुन मिलाएर, सबै खाले अनुमति लिएरै गरिएको रहेछ। र हेलिकोप्टर सानदारले अड्याईएको रहेछ। हुँदै नभएको घटना भए किन नेशनल ज्योग्राफिक जस्तो संस्थालेपनि त्यसलाई समाचार बनाउनेथियो होला र ! वास्तबिकता भएरै त्यतिबेला ज्योग्राफिकलेपनि त्यो समाचार बनाएको रहेछ। उसले फस्ट हेलिकोप्टर ल्याण्डिङ अन एभरेष्ट समिट भनेर सगरमाथामा चुम्नैलागेको हेलिकोप्टरको तस्बिर सहित दिएको छ । नेशनल ज्योग्राफिकको समाचार यहाँ क्लिक गरेर हेर्नुहोस।
 

मैले धेरै लामो समयसम्म प्रयास गरेपछि ति हेलिकोप्टर पाइलटसित भेट्ने अवसर पाएँ। उनीसित छलफल गरें झण्डै ३ घण्टा। र अन्तत त्यो हेलिकोप्टर सगरमाथामा अड्याउन लिएको सबै अनुमतिपत्रहरु फेला पार्नपनि सफल भएको छु म। ति प्रमाण र उनीसितको गफगाफ बारे म पछिल्ला ब्लगमा राख्ने छु तपाईहरुलाई चाख लागेमा। तपाईहरुलाई चाख छ भने कि कमेन्टमा लेख्नुहोला कि त ईमेल गर्नुहोला। पाठकहरुलाई चासोनै नभए त किन दुख गरिराखौं। हुनत मैले उनीसित भिन्नै प्रयोजनकालागि भेटेको हुँ। तैपनि उनीसितका केहि कुरा भने राख्न नसकिने होइन।

 सगरमाथामा त्यतिबेला हेलिकोप्टर अडिएको थियो कि थिएन भन्ने कुराको प्रमाण यो भिडियो ब्लग हेर्नुहोस। पहिले यो लिंकमा क्लिक गरेर Vidéo ICI भनेको ठाउँमा क्लिक गर्नुहोस। त्यहाँ नखुले यहाँ गएरपनि हेर्न सक्नुहुन्छ ति भिडियोहरु। यो संबन्धि फोटो ब्लग राख्दै छु प्रतिक्षा गर्नुहोस केहिबेर) (मुल तस्बिर यूरोकोप्टर कम्पनीको आधिकारिक साईटबाट लिइएको हो-नेपालप्लस)।

तपाइँको प्रतिक्रिया