दुरुपयोग ढालको

dhaal1.JPG 

नेपालमा सियोसम्म बन्दैन भन्ने कुरा कसैलाईपनि भन्नै परेन । त्यसैले सामान्य औषधीपनि बिदेशबाट आउँछ। कतिपय सित्तैमा आउँछ त कतिपय खरिद गरेर। कतिपय मानवहितसँग संबन्धित संस्थाहरुले नेपालमा प्रचार प्रसारगर्न भनेर दिन्छन। जंनसख्या ब्रिद्दि र एड्स जस्तो रोग को रोकथामकालागि भनेर ढाल प्रशस्त मात्रमा आउने गर्छ। बिदेशी संस्थाहरुले स्वदेशका बिभिन्न संघसस्थालाई दिन्छन गाउँगाउँमा लगेर बाँड्न भन्दै। नेपालका गैह्र सरकारी संस्था न हुन तिनलाई यति बाँडे र उति बाँडे भनेर तथ्यांक न देखाउनु परेको छ बिदेशिका अगाडि। जसले पाएपनि केको मतलब। धेरै बाँडेको देखायो आर्थिक सहयोग झ्याप पार्‍यो। बिदेशीलाईपनि यो यो देशमा यति बाँडियो भन्यो अर्कोसित लियो पैसाको बिटो। अनुगमन कसले गर्ने ? त्यसो भएपछि स्वदेशी संस्थाले भकाभक अगाडि जो जो देखापर्‍यो उसलाई बाँड्छन। यो त्यसैको एउटा उदाहरण होइन त ? नत्र यि वालकले यो ढाल कहाबाट पाए होलान ? (तस्बिर-केशव भट्टराई-चितवन)

तपाइँको प्रतिक्रिया