आइफल धरहरा खुल्ने

झण्डै तिन महिना लामो कोरोना भाईरस लकडाउनपछि फ्रान्सको पेरिसस्थित विश्व प्रसिद्द आइफल धरहरा खुल्ने भएको छ । तर लुला, हिँड्न नसक्ने, कमजोरकालागि होइन । बलिया, त्यहाँको सिँढी गोडालेनै हिँडेर उक्लिन सक्नेकालागि ।

हो, यहि जुन महिनाको २५ देखि आइफल धरहरा पर्यटकहरुकालागि खुला गर्न लागिएको हो । तर तलदेखि माथिसम्मनै पर्यटकहरुले ३२४ मिटर (१०६२ फिट) अग्लो आइफल धरहरा सिँढीहरु उक्लेर जानुपर्ने छ । दोस्रो विश्वयुद्दपछि आइफल धरहरा यति लामो सायका लागि बन्द भएको यो पहिलो पटक हो ।

माथि उक्लिनकालागि लिफ्ट खुला गर्दा भिड हुने र सानो ठाउँमा भिड जम्मा हुँहा कोरोना भाईरस फैलनसक्ने जोखिम रहेकाले सिँढीहरु उक्लेर जानेका लागि खुला गर्न लागिएको हो । एघार वर्ष देखिकाले धरहरा चढ्न सक्ने छन् । माथि जाँदा एकतर्फि सिँढीबाट उक्लिने र अर्को तर्फबाट ओर्लिने ब्यवस्था मिलाउन लागिएको छ । रोग सर्नबाट बचाउन हरेक दुई घण्टामा धरहराका मानविय संपर्क हुने क्षेत्र किटाणु मार्ने औषधीले सफा गरिने छ ।

तपाइँको प्रतिक्रिया