कोरोनाबिरुद्दको लडाइमा जि २० राष्ट्रहरुलाई २१ अर्ब डलरको खाँचो

समृद्ध र उदीयमान अर्थतन्त्रहरूको समूह जि २० राष्टहरुले कोरोना भाइरस विरुद्ध लड्न २१ अर्ब डलर भन्दा बढी प्रतिबद्ध गरेका छन् । यो समूहले आज शनिबार बिहानै सार्वजनिक गरेका हुन् ।

जि २० मा संलग्न र आमन्त्रित देशहरूलेको संगठनले कोरोना भाईरस (कोविड-१९) महामारीको बिरूद्धको लडाईमा समर्थन गर्न विश्वव्यापी प्रयासहरू समन्वय गरेको छ । “आजसम्म जी २० सदस्यहरू र आमन्त्रित देशहरूले विश्वव्यापी स्वास्थ्यमा समर्थन गर्न २१ अर्ब अमेरिकी डलर भन्दा बढि सहयोग गर्ने प्रतिबद्धता गरेका छन्” समूहले आज प्रकाशित एक विज्ञप्तिमा भनेको छ ।

कोरोना भाईरस बिरुद्द लड्न भ्याक्सिन, अनुसन्धान, तात्कालिक खर्च आदिगरि विश्वब्यापिरुपमा कोरोना बिरुद्द लड्ने यति रकम खाँचो परेको उल्लेख छ । फ्रान्स २४ टिभीका अनुसार आगामी जि २० को सम्मेलन साउदी अरेबियामा हुंँदै छ । त्यसैले सम्मेलन आयोजक साउदी अरेबियाले कोरोना बिरुद्द लड्न २१ अर्ब डलर खाँचो रहेको भन्दै कोरोना बिरुद्दको बजेट प्रस्तुत गरेको हो ।

‘हाम्रा प्रतिज्ञाहरूमा कोरोना भाईरसको निदान, खोप, उपचार, अनुसन्धान र विकास तिर निर्देशित गरिनेछ’ विज्ञप्तिमा थपिएको छ । अप्रिल महिनामा समूहले सबै देशहरू, गैर-सरकारी संगठनहरू, समाजसेवीहरू र निजी क्षेत्रलाई कोभिड-१९ महामारीको विरूद्ध लड्न आठ अर्ब डलरभन्दा बढी अनुमानित वित्तिय अन्तरलाई सहयोग गर्न आह्वान गरेको थियो ।

साउदी अरेबिया वर्तमान जी २० राष्ट्रहरुको अध्यक्षले महामारीको विरूद्ध लड्न विश्वव्यापी प्रयासलाई सहयोग पुर्याउन ५० करोड डलर दिने वाचा गरेको छ । यसले उक्त महाधिवेशन तयारी र नवीनताका लागि गठबन्धनलाई १५ करोड डलर, खोप तथा  ग्लोबल एलायन्सलाई १५ करोड डलर र अन्य स्वास्थ्य संस्था तथा कार्यक्रमहरूलाई २०करोड डलर विनियोजन गरेको छ।

कोको छन् जि २० राष्ट्रको सूचीमा

जि २० राष्ट्रमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, ईन्डोनेशिया, अष्ट्रेलिया, जापान मेक्सिको, ईन्डिया, इन्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रसिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका र युरोपेली युनियनका देश छन् ।

तपाइँको प्रतिक्रिया