अमेरिकी काला जातिमाथिको अन्याय बिरुद्द अफ्रिकामापनि प्रदर्शन

अफ्रिकाको केन्याका नागरिकहरुले अमेरिकामा एक निशस्त्र काला मान्छेको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीले कोरोनाभाइरस कर्फ्यूको नियम लागू गर्ने क्रममा मरेका अफ्रिकीहरूकोपनि विरोध गरेका छन् ।

यसै बीच, डेमोक्रेटिक रिपब्लिक अफ कंगोका चर्चहरूले आफ्नो आस्थालाई अभ्यास गर्नका लागि उपासक र प्रार्थनाकारिहरूसँग यस मामिमाला समर्थन जुटाउन, छलफल र कुराकानी गर्न नयाँ तरिकाहरू खोजिरहेका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाईरसले गर्दा ग्रामिण क्षेत्रको आम्दानीमा ठूलो असर परेको छ । यहाँको आम्दानीको एक प्रमुख स्रोत पर्यटन ब्यवशाय खस्किएकोले धेरैलाई पेट धान्नसमेत धौधौ परिरहेको छ । परेकाले प्रभावितहरुलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमापनि छलफल भैरहेको छ ।

मासु उत्पादन गर्ने किसानहरुले मासु बाँडेर प्रभावित समूदायलाई सहयोग गरिरहेका छन् । रोटी र मासु उत्पादन गर्ने क्रिषकहरुले खानाको समस्यामा परेकाहरुलाई रोटी र मासु गरि ५० किलोका दरले गाउँमा बाँड्ने गरेको बारोन अखबारले जनाएको छ ।

तपाइँको प्रतिक्रिया