गैह्र आवाशिय नेपालीकालागि अहिलेको बजेट सकारात्मक

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हिजो प्रस्तुत बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा हिजो आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए । बजेटमा एनआरएनएको उच्च मुल्यांकन गरिएको एनआरएनएले निष्कर्ष निकालेको छ ।

सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा एनआरएनए अध्यक्ष कुमार पन्तले स्वागत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गरेका छन । विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा एनआरएनको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ भने नेपालसँग नाता जोडिएका विदेशी नागरिक एनआरएनले नेपाल आउँदा अनलाइनमार्फत भिसा लिन पाउने व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया