पेरिसका दुई तिहाई नर्स र स्वास्थ्यकर्मी मानसिक रोगको शिकार

कोरोना भाईरसको उपचारमा संलग्न पेरिस अस्पतालका अधिकांश नर्स, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु मानसिक रोगको शिकार बनेका छन् । कोविड १९ को संकटको बेला एक तिहाई नर्सिङ कर्मचारीहरूले सामान्य भन्दा बढि तनाव र चिन्तित महसुस गरेकाले उनीहरूको मानसिक स्वास्थ्य अवस्था खराब रहेको नर्सिङ टाइम्सको गरेको सर्वेक्षणले देखाएको हो ।

तिन हजार पाँच सय नर्सहरूको सर्वेक्षणले कोरोनाभाइरस महामारीको बेलामा धेरै नर्स र सामाजिक स्वास्थ्य क्षेत्रका कर्मचारीको भलाइमा ठूलो नकारात्मक प्रभाव पारिरहेको देखाएको छ ।

सर्वेक्षणमा प्रतिक्रिया जनाउने नर्सिङ स्टाफका आधाले मानसिक स्वास्थ्य र स्वास्थ्य सेवा क्षेत्रमा स्वास्थ्य र सामाजिक हेरचाह गर्ने कर्मचारीलाई प्रदान भइरहेको समर्थन र वर्तमान स्तर अपर्याप्त भएको प्रतिक्रिया दिएका छन् । सर्वेक्षणमा संलग्न केहिले  उनीहरूलाई सहयोग चाहिएको बेला सोध्न नसकेको जनाएका छन् ।

स्वास्थ्यकर्मीहरुको समग्र मानसिक स्वास्थ्य र भलाईका बारेमा तत्कालको खाँचोका बारेमा प्रश्न गर्दा ३३ प्रतिशतले आफ्नो स्वास्थ्य र मानसिक अवस्था धेरै नराम्रो रहेको बताए । अध्ययनमा संलग्न मध्ये ८७ प्रतिशतले काममा तनाव रहेको र अहिले पहिलेभन्दा झन तनाव थपिएको उत्तर दिए । पचास प्रतिशतले भने कोरोना प्रकोपपछि चिन्तित बनेको उल्लेख गरेका छन् ।

भाइरस सर्न सक्ने चिन्ता, परिवार र साथीहरूको स्वास्थ्यका साथै व्यक्तिगत सुरक्षा उपकरणको अपर्याप्त आपूर्ति, पीपीईको अभाव सबैभन्दा सामान्य कारणहरू थिए जुन उत्तरदाताहरूले बढि तनाव वा चिन्तित भएको उल्लेख गरे । भाइरस सर्न सक्ने विषयको तनाव वा चिन्ता ९७ प्रतिशतमा देखियो । पीपीईको अभावले गर्दा ५३ प्रतिशत तनाब र चिन्ता थपिएको भनाई उनीहरुको छ ।

“म्रित्यु हेरिरहन, सहन गाह्रो महसुस भयो । किनभने हामीले कोरोना भाईरस अघि म्रित्युका घटना अति न्युन देख्थ्यौं । तर कोरोनाले गर्दा म्रित्यु भएको भयै, देखेको देख्यै गर्नुपर्यो । त्यसलेपनि हामीलाई मानसिक चिन्ता थप्यो” नर्सहरुको भनाई छ ।

सामाजिक दूरीका कारण एक्लै बस्ने बिरामीहरूको मृत्युको सामना स्वास्थ्यकर्मीहरुलेनै गर्नुपर्ने, आरामै गर्न नपाई काम गर्नुपर्ने, तनाबले भोक हराउने वा राम्ररी नखाएको खण्डमा आफूलाई हेरचाह गर्न असफल हुने, परिवारबाट टाढा रहनुपर्ने, विरामीको चापले गर्दा समयको अभाव र अन्य कर्मचारीको दबाबको कारण विरामीहरुलाई प्रभावकारी हेरचाह प्रदान गर्न असफल हुनालेपनि उच्च तनाव र चिन्ता बढेको उनीहरुले बताएका छन् । म्रित्यु भएकाहरुलाई तिनका परिवारले भेट्नसमेत नपाउने हुँदा थप चिन्ता बढ्ने गरेको अनुभवपनि उनीहरुले सुनाएका छन् ।

कतिपय चिकित्सक र नर्सहरुले त चिन्ताको स्तर उच्च हुँदासमेत काममा असक्षम देखिनसक्ने त्रासले कसैलाई सुनाउन नसकेको उल्लेख गरेका छन् । कतिपयले भने फ्रान्सका अस्पत्तालहरुमा अझैपनि पिपिईको अभाव रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय स्तरको सर्बेक्षणमा ५४ प्रतिशतले हाल उपलब्ध सुविधा अपुग र अति कम भएको जवाफ दिएका छन् । सर्बेक्षणमा भाग लिएकाहरु मध्ये २० प्रतिशतले उचित रहेको र ११ प्रतिशतले राम्रो रहेको जवाफ दिएको नर्सिङ टाईम्सले जनाएको छ ।

अप्रिलमा शुरू भएको यो अध्ययनले कोरोना भाइरस महामारी उच्च रहेको बेला र पछाडिपनि नर्सहरूको मानसिक स्वास्थ्य दबाव र आवश्यकताहरूलाई उजागर गर्ने प्रयास गरेको थियो । नर्सिङ टाइम्सले नर्सहरूलाई राष्ट्रिय र स्थानीय दुबै स्तरमा स्वास्थ्य र सामाजिक हेरविचार गर्नेलाई मानसिक स्वास्थ्य र स्वास्थ्य सेवामा प्रदान गरिएको सहयोगको वर्तमान स्तरको अध्ययन गर्छ । प्राप्त सुझावहरुलाई कार्यान्वयनकालागि सरोकारवालाहरुकहाँ पठाएर ति माग पुराकोलागि पहल गर्छ ।

(साभार – कान्तिपुर दैनिक)

तपाइँको प्रतिक्रिया