पाँच दर्जनमा दुई वर्षिया वालिकाको गायन उत्क्रिष्ठ

घरैमा भएपनि वर्षौं देखि गायका, नेपाली गितका अनेक आयम चाखेका र सयौं गित चिनेका दर्जनौंलाइ पछि पार्दै दुई वर्षिया वालिका दर्जनौंबिच पाँच उत्क्रिष्ठमा परेकि छन् । लकडाउनका बेला घरैमा एकल कला देखाएर प्रतिस्पर्धाकालागि पठाएका पाँच दर्जन मध्ये पाँच उत्क्रिष्ठमा पर्न सफल भएकि हुन्, बेल्जियमकी दुई वर्षिया स्वच्छ महर्जन कार्की । पाँच उत्क्रिष्ठ मध्येपनि उनी पहिलो नंवरमा छन् । कार्कीले हातमा नेपाली झण्डा बोकेर गाएको नेपाली राष्ट्रिय गान, कुखुरि काँ बासिभात खाँ, म्याउम्याउ बिरालो यतातिर आउ, ताराबाजी लै लै वालगित गाएको भिडियो पठाएर धेरैलाई आस्चर्यमा पारेकि थिईन ।

आम दर्शकले यति सानी नानीले यत्रि धेरै पाका, गायक र न्रित्यमा पारखि भैसकेकामाझपनि गित गाउने हिम्मत गरेको देखेर दर्शकले रुचाएको देखिन्छ । उनको त्यहि उत्साह, हिम्मत र भद्रतालाई मत दिएर पाँच मध्येपनि उत्क्रिष्ठ बनाएका छन्

पाँच उत्क्रिष्ठ मध्ये दोस्रो स्थानमा नृत्य विधामा फ्रान्सकी अस्मी थापा, तेस्रो स्थानमा गायन विधामा  फ्रान्सकै केन्जल अधिकारी, चौथो स्थानमा नृत्य विधामा डेनमार्ककी शाइना थापा मगर र पाँचौं स्थानमा नृत्य विधामा जर्मनीकी भरुनी सुब्बा परेका छन् । पाचौं स्थानमा फ्रान्सकी सोफिया बस्नेत आचार्य विजयी भएपनि उनले स्वास्थ्यको कारण देखाउँदै दोस्रो चरणमा नजाने निर्णय गरेपछि आचार्यको स्थानमा भरुनी सुब्बा छनौट भएकि हुन् ।

सहभागिहरुले पठाएका ६० वटा भिडियो मध्ये गायन, नृत्य, रचना वाचन, अभिनय, चित्रकला लगायतका रचना प्रतिस्पर्धाकालागि छनौट गरिएको थियो । प्रतिस्पर्धामा उमेरको बन्देज थिएन ।

रचनाहरु सबै फेसबूकमा राखिएका थिए । दर्शकले दिएको लाईक र हेरिएको मतसंख्यालाई आधार बनाएर अर्थात् दर्शकले जुन रचना बढि रुचाउँछन् त्यहि मतका आधारमा उत्क्रिष्ठ छानिएको हो । अब यि पाँच उत्क्रिष्ठ मध्येपनि दर्शककै मतका आधारमा प्रथम छानिने छ ।

सोचेभन्दा धेरै सहभागि भएको र यसले उत्साह थपेको भन्दै आभास अचार्य प्रडक्शनले यो कार्यक्रमलाई विश्वब्यापी रुपमा महादेशिय आधारमा अलग अलग तरिकाले आयोजना गर्ने सार्वजनिक गरेको छ । तर अब विश्वव्यापी रुपमा आयोजना गर्दा भने ५० प्रतिशत दर्शक, स्रोताको मत र ५० प्रतिशत मूल्यांकनकर्ताको आधार लिईनेपनि प्रोडक्शनले सार्वजनिक गरेको छ ।

तपाइँको प्रतिक्रिया