फ्रान्समा लकडाउन खुकुलो, चार चरणमा हटाइने

कोरोना भाइरसका कारण ५५ दिन सम्म लकडाउनमा रहेको फ्रान्सले सोमबारबाट अंशिक रुपमा लकडाउन खोलेको छ ।

स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सुझावपछि सोमबारदेखि चार चरणमा प्रतिबन्ध खुकुलो पारिएको हो । कोरोना भाईरसको संक्रमण अझै साम्य नभएको र यसको संक्रमण फेरि स्रिजना हुनसक्ने भन्दै चरणबद्द रुपमा खुला गर्नुपर्ने तर्क प्रधानमन्त्री एडुवार्ड फिलिपले सार्वजनिक गरेका छन् । फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँले लकडाउनको समयमा वालवालिकाहरु सानो कोठामा ठूलो परिवारसँग बस्दा घरेलु हिंसाको चपेटामा परेको देखिएकाले बिध्यालय पठाउनु अनिवार्य गराएको तर्क गरेका छन् । मे ११, मे १८, जुन २ र जुलाई २२ गरि सरकारले चार चरणमा लकडाउन खोल्ने भएको हो ।

लकडाउन खुला गरेपछि सरकारले घोषणा गरेका सुरक्षा र सामाजिक दूरीका नियम पालना भए नभएको निगरानी गर्न सरकारले २० हजार सुरक्षा निकाय परिचालन गर्ने घोषणा गरेको छ । मास्क नलगाउनेलाई एक सय ३५ युरो जरिवाना छ ।

सोमबारदेखि पेरिस क्षेत्रका सार्वजनिक यातायातका साधनहरु बढिमा ५० प्रतिशत मात्रै सन्चालनमा ल्याइने छ । सवारि साधनमा कार्यालयमा काम गर्नेहरुलाई प्राथमिकता दिईने छ र सामाजिक दूरी एक मिटर अनिवार्य कायम गरिने छ ।  सार्वजनिक अयतायत लिँदा हरेक ब्यक्तिकालागि मास्क अनिवार्य तोकिएको छ । मास्क नहुनेहरुकालागि सरकारले भोलीदेखिनै १० लाख मास्कको ब्यवस्थागर्ने फ्रान्सको रेल सन्जाल संस्था पेरिसको आर ए टि पीले जनाएको छ ।

सोमबारदेखि शिशु कक्षा र प्राथमिक सकूलहरु सन्चालनमा ल्याइने भएको छ । सामाजिक दूरि कम्तिमा एक मिटर कायम गर्दै बढिमा एक समूहमा १० जनाको समूह बनाएर पढाइने छ ।

नगरप्रमुख र अभिभावकहरुले सरकारको शैक्षिक क्षेत्र खोल्ने निर्णय पालना गर्न नसक्ने भन्दै बिरोध जनाएपछि राष्ट्रपती एमानुयल माख्रों र प्रधानमन्त्री एडुवार्ड फिलिप दुबैले आफ्नो क्षेत्र र नगरपालिका सुहाउँदो नियम बनाउन सक्ने स्विक्रिति दिएका छन् । केहि नगरपालिकाका मेयरहरुले आफ्नो क्षेत्र र कोरोना भाईरसको प्रभावलाई हेरेर स्कूल खोल्ने मिति केहि समयकालागि पर सारेका छन् ।

फ्रान्समा सोमबारबाट साना ठूला गरी चार लाख ठूला उद्योग र कम्पनीहरु सन्चालनमा ल्याइने छन् । सोमबारबाट आठ लाख ७५ हजार मानिसहरु नियमित कामकलागि कार्यालय फर्किने छन् । त्यसमध्ये पुष्प ब्यापारि, पुस्तक र प्रिन्टिङ पसल, सैलुन पसलका कर्मचारिसमेत पर्ने छन् । तर ४० हजार मिटरभन्दा फराकिला क्षेत्र ओगटेका पसलहरुभने खुल्न पाउने छैनन् । ईन्टरमार्फत काम गर्न सक्ने अवस्था भएकालाई घरबाटै काम गर्न अनुरोध गरिएको छ ।

पसल, खेलकुद, सौलुन र कलकारखानाहरुले आफ्ना कामदार रा ग्राहकहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा एक मिटर दूरि कायम राख्ने, सेनिटाइजर, मास्क र पन्जा प्रयोग गर्नुपर्ने छ । रेस्टुरेन्टहरुले टेक अवे र होम डेलिभरि मात्रै गर्न सक्ने छन् । तर यिनले सुरक्षा र खाध्य सुरक्षाका नियमहरु अनिवार्य पालना गर्नुपर्ने छ ।

कोरोना भाईरसको संक्रमणको स्थिति हेरि नागरिकहरु एक क्षेत्रबाट अर्को क्षेत्रमा ओहोरदोहोर गर्न पाउने पाउने नियम बनाइएको छ । हाल फ्रान्समा ३२ क्षेत्रलाई रातो घेरामा राखेर कोरोना भाईरसको उच्च जोखिमका रुपमा संकेत गरिएको छ । यि रातो चिन्ह भएका क्षेत्रका नागरिकसहरु त्यो क्षेत्र कटेर बाहिर निस्किन पाउने छैनन् र त्यहाँ स्कूल,पसल लगायत सबै बन्दनै गर्ने नियम छ । लकडाउनलाई खुकुलो पारिएपनि हरियो क्षेत्रका नागरिकहरुसमेत आफू बसेको क्षेत्रबाट एक सय किमी भन्दा टाढा जान पाउने छैनन् ।

सरकारले होटेल, रेस्टुरेन्ट, बार, नाट्यशाला, ठूला पार्क र राजनितिक, सामाजिक सांस्क्रितिक भेला गर्ने अधिकारलाई जुलाई २१ सम्मकालागि बन्देज गरेको छ ।

तपाइँको प्रतिक्रिया