मगर समाज फ़्रान्सद्वारा राहत वितरण

बिश्वभर कोरोना भाईरस (कोभिड-१९) को महामारीले आक्रान्त भएका बेला खाध्यान्नको अभावमा अप्ठेरो परेका नेपालीहरुलाई मगर समाज पेरिसले राहत बितरण गरेको छ ।

फ़्रान्स सरकारद्वारा घोषणा गरिएको दुई हिना लामो लक डाउनको अवधीमा यहाँ रहेका नेपाली समुदायलाई रहत अभाव भएपछि झण्डै ८० नेपालीलाई मगर समाजले राहत बितरण गरेको हो ।

भर्खर अध्यनका लागि आएका नव बिधार्थी र बैधानिक कागज पत्र नभएका कारण रोज़गार नभएकालाई सबैभन्दा बढि मर्क अपरेको थियो । त्यसैले त्यस्ता नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले खाद्यान्नको संकट ब्यहोर्नु नपरोस् भनेर मगर समाज फ़्रान्स द्वारा आह्वान गरिएको राहत सहयोग कार्यक्रममा झन्डै ८० जनालाई राहत वितरण गगि पहिलो चरणको राहत सहयोग दिएको समाजका सहसचिब जीवन थापा मगरले जानकारी दिए ।

मगर समाज फ़्रान्सका उपाध्यक्ष बिष्णु सारू मगरले नेपाली समाज र समुदायलाई दुखेको बेला मगर समाज फ़्रान्सले जहिलेपनि भूमिका खेल्ने बताए । उनले यो मानविय कर्ममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण संघ संस्था एवं महानुभावहरुलाई समाजका तर्फबाट धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया