लक्जमवर्गका जनतालाइ सरकारद्वारा घरघरै मास्क

लक्जमवर्गको सरकारले आफ्ना नागरिकहरुलाई घरघरै मास्क पुर्‍याउने भएको छ । लक्जमवर्गका प्रधानमन्त्री साभिय बेतेलले आफ्ना नागरिकलाई घरघरै मास्क पुर्‍याउने र छिमेकि देशहरुबाट लक्जमवर्गमा काम गर्न आउने कर्मचारिहरुलाईसमेत मास्क उपलब्ध गराउने मंगलवार घोषणा गरेका हुन् ।

शुरुमा राज्य र नगरपालिकाहरु मिलेर एक लाख ८० हजार मास्क खाममा राखि हुलाक मार्फत पठाउन लागिएको फ्रेन्च १ टिभीले जनाएको छ । मास्क बितरणकालागि केहि क्षेत्रमा त्यहाँको सेनालाईसमेत खटाईने छ । ६५ वर्ष माथिका नागरिक र असहाय, अपांगता भएकाहरुकालागि भने नगरपालिकाले मास्कहरु हातहातै उपलब्ध गराउने छ । मास्कहरु कसरि पठाइन्छ र जनताले पाए नपाएको निरिक्षण लक्जमवर्गकि ग्रिहमन्त्री ताईना बोफेरदिङ आफैंले गर्ने भएकि छन् ।

शुरुमा प्रत्येक ब्यक्तिकालागि पाँचवटा मास्कसहितको किट प्राप्त हुने छ ।  किटमा मास्क लगाउने निर्देशन सहित स्पष्टीकरणात्मक पानाहरू छापिएको फारम राखिने छ र त्यसलाई अनलाइनमासमेत उपलब्ध गराइने छ ।

प्रधानमन्त्रीले बुधवारबाटै नागरिककहरुकालागि ६० देखि ७० लाख मास्क राज्य र नगरपालिकाहरुको सक्रियतामा उपलब्ध गराउने घोषणा गरेको लक्जावर्गको लेसँसियल एल युले जनाएको छ । दुई ब्यक्तिका बिचमा दुई मिटर दूरि कायम गर्न नसकिने अवस्थामा मास्क प्रयोगलाई बाध्यकारि मानिने प्रधानमन्त्रीले उल्लेख गरे । बैंक, निर्माणस्थल, हुलाक, पसल, अस्पतालहरुमा बढि मात्रामा भिड हुनाले त्यस्ता ठाउँमा प्रत्येक दुई ब्यक्तिकाबिच दुई मिटर दूरी कायम गर्न नसकिने हुँदा मास्कलाई बाध्यकारि बनाइएको हो ।

त्यस्तै, नागरिकहरूले घरघरै हुलाकमार्फत मास्क र स्वास्थ्य किट प्राप्त गर्ने लक्जमवर्गका स्वास्थ्य मन्त्री पाउलेट लनेटलेसमेत स्पष्ठ पारेका छन् । मास्क प्राप्त नभैसकेको अवस्थामा स्काप वा कुनै रुमाल बेरेरभएपनि आफ्नो नाक र मुख ढाक्नुपर्ने स्वास्थ्यमन्त्रीको भनाई छ ।

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया