फ्रान्समा डिसेम्बरको अन्तिममै कोरोना भाईरस फेला परेको अस्पत्तालको दाबी

फ्रान्सको एक अस्पत्तालमा हालसम्मको सरकारि दाबीलाई चुनौति दिँदै डिसेम्बरको अन्तिममै कोरोन अभाइरस फेला परेको पेरिसको एक अस्पत्तालले दाबी गरेको छ । पेरिसको सेन्ट सँदेनी क्षेत्रको बोन्डिस्थित जँ भेर्दिए अस्पत्तालका प्रमुख प्राध्यापक ईभ उक्त कुरा कोहेनले सार्वजनिक गरेका हुन् ।

कोहेन अनुसार अस्पतालको हाइजिन प्रमुख प्राध्यापक जँ राल्फ जाहारले डिसेम्बर र जनवरीमा केहि विरामीहरुको परिक्षण गरेका थिए । परिक्षण गरिका १४ जना मध्ये न्युमोनिया र दमका विरामीपनि थिए । तिनको परिक्षण गर्दा एक जनामा कोरोना भाईरसका लक्षण देखिएको थियो । ति विरामीलाई २७ देखि २९ डिसेम्बरसम्म अस्पतालमा राखिएको प्रध्यापक कोहोनले उल्लेख गरेका छन् ।

चिकित्सकहरुका अनुसार ति विरामी डिस्चार्ज भएर हिँडिसकेकाले पछि प्राप्त रिपोर्टमा कोरोना भाइरस देखिएपछि फेरि अस्पताल बोलाइएको हो । उनले आफ्ना वालवालिका समेतमा भाऊरस संक्रमित गराएका थिए । तर सुपरमार्केटको माछा बिक्रि स्टलमा काम गर्ने उनकी पत्नीमा भने भाईरस संक्रमित भएको थिएन । उनीहरुले ति माछा चिनिया मूलका भएको र तिबाट संक्रमित भएको हो कि भन्ने आशंकासमेत गरेका थिए ।

तर ति महिलाले फ्रान्समा उत्पादित माछाहरुको मात्रै काम गर्ने हुनाले त्यो शंकापनि पुष्टि नभएको उल्लेख गरेका छन् । “हामीलाई के अचम्म लागेको छ भने ति संक्रमित विरामी कतै घुम्न गएका थिएनन् । घरमा बसिरहेको ब्यक्तिलाई कसरि कोरोना भाइरस लाग्यो भनेर हामीलाई आश्चर्य लागेको छ ” कोहेनलाई उद्रित गर्दै फ्रान्स २४ टिभीले जनाएको छ । कोहेनले भने विरामीको पत्नीसँगै कुनै चिनियाँ मूलका नागरिकले काम गरेको हुनसक्ने र चिनियाँ नागरिकबाट सरेको हुनसक्ने आशंका गरे । “तर ठोस प्रमाण नभएकोहुँदा लाक्षणिक संकेतकै आधारमा किटान गर्न सकिएन” उनले भनेका छन् । हाल ति संक्रमित ब्यक्तिको पूर्ण निदान भएको र सबै परिवार स्वस्थ रहेको समाचारमा उल्लेख छ ।

यस अघि फ्रान्समा कोरोन अभाईरस जनवरिको अन्त्यमा मात्रै फेला परेको फ्रान्सेली अधिकारीहरुले बताउँदै आएका थिए ।

(सभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया