फ्रान्समा लकडाउन खुलाको बिरुद्द ३०० मेयरको राष्ट्रपतीसमक्ष बिरोधपत्र

मे ११ देखि लकडाउनलाई खुकुलो पार्दै लैजाने सरकारि निर्णय बिरुद्द पेरिसको प्रान्तिय क्षेत्र इल द फँसका तिन सय मेयरहरु उत्रिएका छन् । इल्द फँस क्षेत्रका मेयरहरुको एसोसिएसनकातर्फबाट मे ११ बाट स्कूलहरु खुला गर्ने सरकारको निर्णय बदर गरि लम्ब्याउनुपर्ने माग राख्दै राष्ट्रपती एमानुयल माख्रोंलाई खुलापत्र पठाएको फ्रेन्च १ टिभीले जनाएको छ ।

मेयरहरूले मे ११ मा स्कूल पुन: खोल्नु केवल “अस्थिर र अवास्तविक” भएको उल्लेख गरेका छन् । उनीहरुले पत्रमा स्वास्थ्य अवस्थाको द्रिष्टकोणले इल द फँस रातो अर्थात् उच्च जोखिमपूर्ण क्षेत्रमा वर्गिक्रित गरिएकाले यस्तो क्षेत्रका स्कूल खोल्न नहुने भन्दै स्थगित गर्न अनुरोध गरेका छन् ।

हस्ताक्षर गर्नेहरुमा पेरिस महानगरपालिकाकि मेयर आन हिडाल्गोसहित तिन सय १५ मेयर छन् । हस्ताक्षर गरिएको पत्रमा नवनिर्वाचित पदाधिकारिहरुले स्थानिय जनतासित लकडाउनका बारेमा समस्या झेलिरहेको, लकडाउनलाई मार्च महिनामै बाध्यात्मक तरिकाले लागू गरिएको, स्थानिय नागरिकहरुलाई लकडाउन खुला पार्न तयार बनाउनकालागि आफूहरुलाई लकडाउनका बारेमा सबै जानकारि अझै प्राप्त नगराइएको र सरकारको निर्देशन तरल रहेको उल्लेख गरेका छन् । राष्ट्रपतीलाई बुझाएको खुला पत्रमा वालवालिकाहरुलाई प्राथमिकता दिनपनि आग्रह गरिएको छ ।

धेरै बिध्यार्थीहरुकालागि कुनकुन शिक्षकहरु उपलब्ध हुने भन्ने अझै निस्चित भैनसकेको, स्कूलको पाठ्यक्रम बाहिरका गतिबिधीकालागि एनिमेटरहरुको निर्क्यौल नभएको र बिध्यार्थीहरु स्कूल प्रवेश गरेपछि कसले स्वागत गर्छ भन्ने आस्वस्त नपारिएको, कति बिध्यार्थी अभिभावकहरुले पठाउन चाहन्छन् भन्ने स्पष्ठ नभएको अवस्थामा स्कूल खोल्नु उचित नहुने तर्कपनि पत्रमा गरिएको छ ।  मेयरहरुले स्कूल खोल्नै पर्ने भए बिध्यालयको पूनर्निर्माणमा ध्यान दिएर सबैभन्दा बिपन्न बिध्यार्थीहरुकालागि खुला गर्नुपर्ने खाँचो औंल्याएका छन् ।

मेयरहरुले स्कूल खोल्नुपूर्व हरेक बिध्यार्थी र तिनका परिवारको अवस्था बुझेर कुन तहको स्कूल खोल्ने र कुन तहको नखोल्ने स्पष्ठ गरेर स्कूल पठाउनैपर्नेहरुकालागि मात्रै खोल्नसमेत आग्रह गरेका हुन् ।

लकडाउन खोल्ने विषयमा पटक पटक आफ्नो निर्णयलाई हेरफेर गर्दै आएको सरकारलाई मेयरहरुको यो पत्रले थप अप्ठेरोमा पार्न सक्ने फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया