फ्रान्समा स्वास्थ्य संकटकाल २४ जुलाईसम्म लम्बियो

फ्रान्समा कोरोना भाईरसको कारण घोषणा गरिएको मे ११ सम्मको स्वास्थ्य संकटकाल २४ जुलाईसम्मकालागि लम्ब्याइएको छ । स्वास्थय मन्त्री ओलिभिय भेरँले शनिवार बिहान मन्त्रिपरिष्दको आकस्मिक बैठक बोलाएर संकटकाल लम्ब्याउने घोषणा गरेका हुन् ।

यस अघि मार्च २४ मा लागू भएपछिको संकटकाल लगाउनुपर्ने स्थिति अझै बिस्तार भएको, अहिलेनै संकटकाल खोल्नु समय अघिनै जोखिमको स्थिति देखापरेको, कोरोना भाइरसको महामारि रोक्न चालिएका कदमहरुको बिचमा थप समस्याहरु देखिनाले संकटकाल लगाउनुपर्ने तर्क उनले दिएका हुन् ।

जुलाई २४ अघिनै संकटकाल खुकुलो पार्ने सरकारि प्रस्तावमाथि केहि प्रावधानहरुलाई पूनर्परिवर्तित गरिने छ । यस अघि मे ११ बाट डेकेयर र शिशु कक्क्षाहरु सन्चालान गर्ने सरकारले घोषणा गरेपछि अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना वालवालिकाहरुलाई स्कूल पठाउन नसकिने भन्दै बिरोध भएको थियो । विशेषज्ञहरुलेपनि कतिपय वालवालिकाहरुमा कोरोना भाईरस संक्रमण नदेखिने र तिनले परिवारका पाकाहरुलाई संक्रमण गराउन सक्ने भन्दै बिरोध जनाएका थिए । त्यसपछि सरकारले वालवालिकाहरुलाई स्कूल पठाउने नपठाउने निर्णय अभिभावकहरुलाई स्वेक्षिक निर्णय गर्न दिने भनेको थियो ।

सरकारले घोषणा गरेको पछिल्लो लकडाउनको अवधि लागू गराउन स्वास्थ्यसित संवन्धित सम्पूर्ण निकायमा तत्कालै पठाउने त्यहाँबाट प्राप्त सुजहवका अधारमा यसलाई लागू गर्न अन्य निकायलाइ निर्देशन दिने उल्लेख छ ।

स्वास्थ्यमन्त्री ओलिभिय भेरँले आफ्नो प्रस्तावलाई प्रतिनिधि सभामा सोमबार प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि माथिल्लो सदनमा प्रस्तुत गरिने छ ।

(समाचार स्रोत – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया