पेरिस क्षेत्रमा कोरोनाबाट १६ सय स्वास्थ्यकर्मी संक्रमित

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र इल द फँसमा १६ सय २० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । ति मध्ये ३० जना चिकित्सकको म्रित्यु भएको छ । पेरिस क्षेत्रको सार्वजनिक अस्पत्तालहरुको समूह एपिएचपी (पब्लिक हस्पिटल एसिस्टेन्ट अफ पेरिस) को ब्यालेन्ससिटबाट यो तथ्य सार्वजनिक भएको हो ।

एपिएचपीको रिपोर्टमा उल्लेख भए अनुसार कोरोना भाईरसको संक्रमणको उच्च जोखिममा नर्स र केयर टेकरहरु छन् । अस्पत्तालमा बिरामीहरु आउनासाथ सबैभन्दा पहिले बिरामीको अवस्था बुझ्ने, हेरचाह गर्ने, बेडमा लैजाने र डाक्टरहरुलाई सिफारिस गर्ने सबै काममा पहिलो सम्पर्क हुनाले नर्स र केयर टेकरहरु उच्च जोखिममा रहने गरेका हुन् ।

पेरिसको सार्वजनिक सहयोग-अस्पताल नेटवर्कको एक विज्ञप्ति अनुसार पेरिस नेटवर्कका अस्पतालहरूमा कार्यरत १६२० स्वास्थ्यकर्मीहरू उनीहरूको काम गर्ने ठाउँ वा घरमा संक्रमित भइसकेका छन् । संक्रमितको संख्या बढ्दो छ । संक्रमित कर्मचारीहरूको औसत उमेर ३९ वर्ष छ । तर ५५ वर्ष माथिका एक  सयभन्दा बढि छन् ।

फ्रान्सको दक्षिणमा पर्ने मोपलिए भन्ने सानो शहरको स्थानिय सि एच यु अस्पत्तालमा मात्रै ४८ जना कर्मचारि संक्रमित छन् र ति मध्ये १७ जना चिकित्सकहरु छन् । त्यस्तै, तुलुज शहरका लगभग चार हजार कर्मचारिमध्ये तिन चिकित्सकहरुमा कोरोना संक्रमित छ ।

फ्रान्समा ३१ ठूला क्षेत्रिय शिक्षण अस्पताल, ५५८ केन्द्रिय अस्पताल, ९२ वटा बिभिन्न रोग विशेषका अस्पताल र ३४८ स्थानिय अस्पत्ताल गरि एक हजार २९ अस्पताल छन् । यि अस्पतालमा केकति स्वास्थ्यकर्मीहरु कोरोना भाईरसबाट संक्रमित छन् भन्ने स्पष्ठ तथ्यांक सरकारि स्तरबाट सार्वजनिक गर्ने गरिएको छैन । यस्तो तथ्यांक सार्वजनिक गरिनुपर्ने माग फ्रान्सेली मेडिया र कतिपय चिकित्सकहरुले गरिरहेका छन् ।

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया