भाईरसँगै बाँच्न सिक्नुपर्ने फ्रान्सेली प्रधानमन्त्रीको भनाई

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले कोरोना भाइरसका कारण देशलाई सधैं बन्द राख्न नसकिने हुँदा भाईरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । फ्रान्सले मे ११ बाट बिस्तारै लकडाउन हटाउँदै लैजाने घोषणा गरेकाले जनता अभ्यस्त बन्नुपर्ने उल्लेख गरेका हुन् । फ्रान्समा लकडाउनले गर्दा एक महिनामा करिब ६० हजारको ज्यान जोगिएकोले लकडाउन अकस्मात नखोलि जनता अभ्यस्त हुँदै जाँदा खुकुलो पार्दै लैजानुपर्ने प्रधानमन्त्री फिलिप एडुवार्डले बताएका छन् ।

लकडाउनलाइ खुला गर्ने निर्णयसँगै सरकारले हरेक हप्ता सात लाखको संख्यामा कोरोना भारसकालागि परिक्षणहरु गर्ने तयारि सार्वजनिक गरेको छ । लकडाउन खुकुलो भएसँगै घरबाहिर निस्किँदा अहिलेझैं कारण र परिचय खुलेको फारम भर्नुपर्ने छैन । रेल, बस र मेट्रोहरु चढ्न सहज बनाईने छ । तर विशेषकारणबिना १०० किमी भन्दा टाढाभने जान पाइने छैन । हरेक प्रान्तमा कोरोना भाईरसको स्थिति, स्थानिय प्रशासनको तयारि, अस्पत्तालमा बेड, साधन र स्रोत हेरेर रातो, पहेँलो र हरियो संकेतमा बर्गिकरण गरिने छ । रातो संकेतमा परेका क्षेत्रका नागरिकहरु पहेंलो र हरियो क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् । रातो संकेतमा परेका क्षेत्रलाई लकडाउनमा विशेष कडाई गरिने छ ।

सरकारले ११ मे बाट बिद्यालयहरु खोल्ने गरेको निर्णयबाट भने प्रधानमन्त्री पछि हटेका छन् । डे केयर सेन्टरहरु र शिशु कक्षाहरुलाई ११ मे देखि नै संचालनमा ल्याएपनि आफ्ना वच्च पठाउने वा घरै राख्ने अभिभावकहरुको स्वईच्क्षामा भर पर्ने छ । तर कक्षामा सामाजिक दूरी भने कायम गराउनुपर्ने छ । प्राथमिक र निम्न माध्यमिक बिध्यालयहरु १८ मे बाट संचालनमा हुनसक्ने छन् । कलेजहरु कहिले खोल्ने भन्ने बिषयमा निर्णय भैसकेको छैन ।

लकडाउन खुकुलो पार्ने निर्णयसँगै मास्क लगाउन अनिवार्य गरिँदै छ । मास्कहरु सरकारले नगरपालिका, वडा कारर्यालयहरुबाट निशुल्क बाँड्न शुरुगरिसकेको छ । अब मास्कहरु फार्मेसीबाटपनि खरिद गर्न सकिने छ । सार्वजनिक सवारी साधन चढ्दा दुई सिटका बिचमा दूरी कायम गरिने छ ।

होटेल, रेस्टुरेन्ट, काफे, डिस्को र बारहरु भने जून २ भन्दा अघि खोल्न पाइने छैन । टेकवेकालागि भने सुरक्षा र सरसफाईका मापदण्ड पुर्याएर चलाउन पाइन्छ । भेला, सांस्क्रितिक जमघट, उत्सव, प्रदर्शनी आदिमाथि जुलाईसम्मकोलागि बन्देज गरिएको छ । हजाम, फूल पसल, साना पुस्तक तथा पत्रपरिका पसलहरु, फोटो, प्रिन्टिङ, मेशिनरी साना पसल, दोकानहरु मे ११ बाट खुला हुने छन् । सपिङ मलहरुको बारेमा स्थानिय प्रशासनलाइ निर्णय गर्ने अधिकार दिइएको छ । सार्वजनिक पार्क र वगैंचाहरु खोल्ने निर्णय नगरपालिकालेनै गर्ने छन् ।

लकडाउन खुकुलो पारिएपनि १० जनाभन्दा बढि एकैथलोमा जमघट हुन बन्देज गरिएको छ । आफू बसेको ठाउँबाट एक किमीभन्दा पर शारिरिक ब्यायाम गर्न र खेलकुदका लागि जान नपाइने हालको नियमलाई यथावत राखिएको छ ।

तपाइँको प्रतिक्रिया