स्विडेनमा मान्छेको भिड तितरबितर पार्न कुखुराको सूली

                        (जाडोयाम अन्त्यको उत्सव आगो बालेर स्विडेनभरि मनाइन्छ)

स्विडेनमा जनतालाई घरभित्रै बस्न बाध्य पार्न सकिन्न । तर टनका टन कुखुराको सुली छरेर जनतालाई घर बस्न बाध्य हुने वातावरण बनाउन सकिन्छ । स्विडेनको सरकारले जनतालाई पार्कमा जानबाट रोक्ने यहि अक्किल निकालेको छ ।

आज अप्रिलको अन्तिम दिन । स्विडेनमा यो दिन परम्परागत उत्सव मनाउने चलन छ, जाडो अन्त्यको उत्सवका रुपमा । उत्सवको लागि भेला हुने हजारौंलाई रोक्नको लागि लगभग एक लाख २५ हजार जनसंख्या रहेको स्विडेनको एउटा शहर लुन्डका स्थानीय अधिकारीहरूले कुखुराको सूली जम्मा हुने भनिएको पार्कमा खसालिरहेका छन् ।

द गार्डियन न्युजका अनुसार वालपुरगिस नाइटले जाडोको अन्त्यको संकेत गर्छ जहाँ व्यक्तिहरू भेला हुन्छन् । आगाका लप्का, चम्किला बत्ती, पडाका पड्काउँछन् । यो स्विडेनमा सामान्य हो । हरेक वर्ष मनाउँछन् । त्यसैले अधिकारीहरूले यसलाई प्रतिबन्ध गर्न सक्दैनन् । तर अधिकारीहरूले यसलाई रोक्न अक्किल निकाले, कुखुराको सुली छर्ने । यस्तो गन्धले त्यहाँ बसेर बियर तानेर आनन्दले बस्न सकिन्न । पार्ककोलागि मलपनि पुग्छ । यसरि सुली छरिदिएपछि त्यहाँ जम्मा हुने लगभग ३० हजार नागरिकको जमघट हुने छैन ।

लुण्ड शहरका एक नागरिकले भने “लुण्ड कोरोना बहैइरस स्विडेनभरि फैलिने एक केन्द्र बन्न सक्थ्यो यदि यो पार्कमा हजारौं मानिस जम्मा बहेको भए । कुखुराको सुली छर्केर रोक्ने साह्रै बुद्दिमानी निर्णय जस्तो लाग्यो ।”

स्थानीय काउन्सिलको वातावरण समितिका अध्यक्ष गुस्ताभ लुन्ब्लाडले स्विडिस दैनिक अखबार सिड्सेन्स्कानलाई भनेका छन् “हामीले पार्कलाई मलिलो बनाउने अवशर पायौं । यसले दुर्घन्धित पार्छ र यस्तो ठाउँमा बस्न र बियर पिउन कत्ति मजा लाग्दैन ।

तपाइँको प्रतिक्रिया