स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्किँदै

कोरोना भाईरसविरुद्धको लडाई जित्ने सन्देश दिन स्विजरल्याण्डको हिमालमा चकाईेका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डापनि चम्काउने गरिएको छ ।

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डापनि चम्काउन थालिएको हो । कोरोना भाईरस बिरुद्दको लडाईमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियो भन्ने सन्देश विश्वभरिलाई हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको हो ।

नेपाली झण्डा चम्काएपछि त्यहाँ नेपालकाबारेमापनि सानो जानकारि दिएका छन् । त्यहाँ उनीहरुले लेखेका छन् “नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सब भन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेरमात जोडिएको महसुस भएको छ ।  एयर जेरमात र माउन्टेन रेस्क्यु स्टेशनले वर्षौं देखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलिको ऐक्तबद्दताको सन्देश पठाउँछौं ।”

मौसम सफा रहेका बेला सूर्यास्तदेखि मध्यरात सम्म अन्य देशका झण्डाको आक्रिति सँगै नेपालको झण्डाको यो द्रिष्यपनि हेर्न सकिन्छ ।

स्विजरल्याण्डको जेर्मात जिल्लाले विश्वलाई प्रोत्साहन गर्नेप्रतीकको रुपमा मंगलबार मार्च २४ देखि यस्ता बत्तीहरु चम्काइरहेको छ ।

(स्रोत- कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया