कठै अफ्रिकी देशहरुको स्वास्थ्य अवस्था !

यूरोप वा संयुक्त राज्य अमेरिका उपचारका लागि जहाजमा उफ्रिने बानी परेको छ अफ्रिकी महादेशका अधिकांश राजनीतिज्ञहरूहरुलाई । तिनले दशकौंदेखि आफ्नो देशको सडक, अस्पताल, शिक्षा, खानेपानी आदिमा लगानी गरेका छैनन् । बरु आफ्नो देशमा गर्नुपर्ने लगानी माल्टा, कर्स र लिचेन्स्टेन जस्ता देशामा खाता खोलेर थुपारिरहेका छन् । केहिले त्यतै लगानी गरेका छन् ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री आएरोन मोट्सोलाएडी भन्छन् “हामी मात्रै यस्तो महादेशका मान्छे हौं जो उपचारका लागि बाहिरि महादेश र मुलुक खोजि खोजि जान्छौं । हामी लज्जित हुनुपर्ने हो ।”

तर कोरोना भाईरसले त्यसमा परिवर्तन ल्याइरहेको छ । अफ्रिकाका ५७ वटा अन्तर्राष्ट्रिय एयरपोर्टहरू मध्ये ३० वटा पूर्णरुपमा बन्द छन् । र ति विमानस्थलबाट उड्ने विमानको संख्या शुन्य छ । सम्भ्रान्त वर्गको लागि जुन सेवा, सुविधा र अवसरको स्वास्थ्य फाईदा उठाइएको थियो त्यस्तै सेवा सुविधा जनतालाईपनि दिलाउने योजना उनीहरुले बनाएका थिए । तर कोरोना भाईरसले त्यो योजनालाई तत्कालकालागि तुहाइदिएको छ ।

उदाहरणका लागि इथियोपियासँग प्रति १० हजार व्यक्तिकोलागि अस्पतालमा तिन बेड मात्रै छन् । मध्य अफ्रिकामा सम्पूर्ण देशका लागि तिन वटा भेन्टिलेटर मात्रै छन् । जिम्बाब्वे कुनै बेला यो सम्पूर्ण अफ्रिकाको सर्वाधिक धनी देश जहाँ अहिले  शल्यचिकित्सकहरू खाली हातले शल्यक्रिया गर्छन् किनकि उनीहरूसँग पञ्जा छैन ।

तपाइँको प्रतिक्रिया