प्रचार नगरि अलपत्र परेका सयौंलाई खाना

एक किलो चामल, एक लिटर तेल र सय ग्राम नुन बाँडेर सामाजिक सन्जालभरि छाउने जमाना हो यो । तर बुटवल नगरपालिका वडा नं १ का वडाध्यक्ष महेन्द्र लिगल यस मानेमा फरक छन् । उनले कोरोना भाईरसको संक्रमणपछि लकडाउनमा परेर बिचल्ली भएका सयौंलाई खाना खुवाए । तर त्यसको प्रचार गर्न भने चाहेनन् ।

बर्दिया, कैलाली र कन्चनपुरतिर जान भन्दै सडकमा पैदल हिँडिरहेका २८ जना मजदूरहरुलाई उनले आइतवार दिउँसो बुटवल नगरपालिकाको वडा नं १ मा सामूहिक रुपमा खाना खुवाएका थिए । साँझ फेरि एक सय जनालाई खाना खुवाएका थिए । त्यसको लगत्तै भोलीपल्ट अर्थात् सोमबार दिउँसो पहिलो दिउँसो  ८० जना र साँझ ७५ जनालाई खाना खुवाएर गन्तब्यमा पुर्‍याए ।

उनले यसलाई निरन्तरता दिनेपनि बताए । बाटोमा बिचल्लीमा परेका ति मजदूरहरुलाई गाडीको ब्यवस्थागरि बर्दिया लगायतका तिनका घरमा पुर्‍याउने ब्यवस्था गर्ने बताए । सामाजिक सेवा गर्ने अवसर पाएको भन्दै मजदूरहरुसित खुशि भएका उनले सामाजिक सन्जालमा देखिन नचाहेको भन्दै तस्विर खिच्न अस्विकार गरेको सोहि वडाकी सामाजिक अभियन्ता संगिता गौतम अर्यालले बताईन ।

तपाइँको प्रतिक्रिया